टाइफाइड बिरामी साल्मोनेला टाइफी नामको ब्याक्टेरियाको संक्रमणबाट हुन्छ । यो बिरामी हुँदा शरीरमा रगतको कमी हुन थाल्छ । हाम्रो इम्यून सिस्टमलाई पनि कमजोर बनाउँदै कलेजोले पनि राम्रोसँग काम गर्न सक्दैन ।

यतिबेला उच्च ज्वरोले मानिसको पूरै शरीर तात्न थाल्छ । कैयौंपटक त डायरियाको समस्या पनि निम्तिन्छ । टाइफाइड हुँदा बिरामीलाई खास तरिकाको खानपिनमा ध्यान दिन चिकित्सक सल्लाह दिन्छन् ।

तलर पदार्थ

टाइफाइडहुँदा प्यास बढी लाग्ने हुँदा बिरामी डिहाइड्रेसनको शिकार पनि हुनसक्छ । डायरियाको समस्या पनि आउनसक्छ । यस्तो खतराबाट बच्न सबैभन्दा सरmल र उपयुक्त उपाय भनेकै तरल पदार्थ बढी प्रयोग गर्नु हो । दैनिक कम्तिमा ८ ग्लास पानी पिउनुपर्छ । नरिवलको पानी भएमा अझ बिरामीलाई टाइफाइडसँग लड्न सहयोग पुग्दछ ।

कार्बोहाइड्रेड युक्त ​खानेकुरा

टाइफाइडको ज्वरो आउँदा धेरै कार्बोहाइड्रेड युक्त खानेकुरा खानाले बिरामीको शरीरमा फाइदा पुग्दछ । यद्यपि जुन चीज खाइरहेका हुन्छौं, पचाउन सकिन्छ कि नाई भन्ने कुरा चाही बुझ्नुपर्दछ । पकाएको आलु वा जाउलो यसका लागि उपयुक्त मानिन्छ ।

छोगडा

टाइफाडको ज्वरोबाट राहत पाउन छोगडा एक उपयुक्त खाने कुरा हो । यसलाई युनानी औषधिको रुपमा पनि मानिन्छ । यसमा सेतो नुन मिलाएर वा भुटेर खानाले पनि टाइफाइडको ज्वरो कम हुनपुग्छ । ज्वरो उच्च भएपछि चारपाँच छोगडा पोलेर वा भुटेर पनि खान सकिन्छ ।

दुग्धजन्य पदार्थ

ज्वरो आउँदा जस्तोसुकै बलवान मान्छे भए पनि शरीर कमजोर हुँदै जान्छ । बिरामीलाई धेरै कमजोरी महशुस हुन्छ । यस्तोमा शरीरलाई शक्ति आवश्यक पर्छ । यसका लागि सबैभन्दा दुग्धजन्य पदार्थ नै उपयुक्त मानिन्छ । शरीरमा शक्ति प्रदानका लागि दूधबाट बनेका परिकार खान चिकित्सक सुझाउँछन् ।

हाइ क्यालोरीयुक्त खाना

उच्च क्यालोरी युक्त खाने कुराले पनि टाइफाइड बाट निस्किएको ज्वरो कम गर्न सहयोगी बन्छ । वास्तवमा यस्तो ज्वरो आएका बेला मानिसको शरीरमा कमजोरी महशुस हुन्छ । विस्तारै तौल पनि घट्न थाल्छ । यस्तोमा बढी क्यालोरी भएका खानेकुराले ज्वरोबाट हुने क्षतिलाई पूर्ति गराउन सहयोग गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah