नेकपा एमालेका सचिव योगेश भट्टराईले दोश्रो चरणको चुनाबमा पनि एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभयो । नेकपा एमाले ताप्लेजुङ याङवरक गाँउपालिका अन्तर्गत थेचम्बुमा चुनाबी सभालाई सम्बोधन गर्र्दै उहाँले काग्रेस,माओवादी लगायतका शक्ति मिल्दा पनि पहिलो चरणमा एमालेलाई पछि पार्न नसकेको वताउनु भयो ।
अब हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले बाहेकका सवै गठबन्धन मिल्दा पनि एमाले पहिलो शक्ति हुने उहाँले ठोकुवा गर्नुभयो । उहाँले राष्ट्रिय स्वाभिमान तथा देश विकासको सपना एमाले संग मात्र भएको दावी पनि गर्नुभयो ।
उहाँले आफ्ना गृह जिल्ला ताप्लेजुङलाई मुलुककै नमुना जिल्ला बनाउने उद्घोष गर्नुभयो । सो कार्यक्रममा जिल्ला ईन्चार्ज भाष्कर काफ्ले, एमाले प्रदेश न १ का सदस्य तथा पूर्व सांसद तिलकुमार मेयाङ्वो र एमाले अध्यक्ष बलबहादुर साम्सोहाङ लगायतले सम्बोधन गर्नु भएको थियो ।
उता, नेकपा एमाले मिक्वाखोला गाँउ पालिका अन्तगर्त बुधवार वडा ३ लिवाङमा चुनाबी आमसभा सम्पन्न गरेको छ । वडा ३ लिवाङका उम्मेदवार घोषणा सहित चुनाबी कार्यक्रम सम्पन्न गरेका हो ।
वडा अध्यक्षको उम्मेदवारमा सुकवहादुर लिम्बु सदस्यहरुमा लालबहादरु शेर्पा, भिमबहादुर पाङमा र लक्ष्मीमाया लिम्बुको प्रमुख अतिथी साँसद डम्बरध्वोज तुम्वाहाम्फेले घोषणा गर्नु भएको हो ।
सो कार्यक्रमा लिवाङमा रहेको बृद्ध बृद्धालाई सम्मान समेत गरिएको थियो । चुनाबी घोषणा सभालाई सांसद तुम्वाहाम्फे,एमाले प्रदेश न १ सदस्य पूर्व सांसद ओम ओझा,श्रम तथा रोजगार विभाग सदस्य चित्रगुप्त साँवा, मिक्वाखोला गाउँपालिका प्रमुख छिरिङ लामा तथा सो गाउँपालिकाको प्रमुख उम्मेदवार रामकुमार साँवा तथा उपप्रमुख मिनाकुमारी केदेम लगायतले सम्वोधन गर्नुभएको थियो ।



