निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको च्यातिएको मतपत्र केन्द्रमा पठाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगको बुधबार दिनभर बसेको बैठकले च्यातिएको मतपत्र काठमाण्डु पठाउन भनेको हो । स्थलगत अध्ययनका लागि गएको छानबिन टोलीले च्यातिएको मत पत्रको संख्या किटान गर्न नसकेपछि आयोगले त्यस्तो निर्देशन दिएको हो । आयोगले सुरक्षा व्यवस्था मिलाएर शिलबन्दी गरिएका मतपत्र खोल्न समेत भनेको छ ।

प्रमुख, उपप्रमुख र सम्वन्धित वडाका उम्मेदवार वा एकएक जना प्रतिनिधिका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहबरमा मात्र शिलबन्दी खोल्न आयोगको निर्देशन छ । च्यातिएको मतपत्र शिलबन्दी गरेर राखिएको छ ।

जेठ १४ गते राति मतगणना जारी रहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले केही मतपत्र च्यातेका थिए । पतपत्र च्यातिएपछि एमालेले आफ्नो जित सुनिश्चित भएपछि आत्तिएको माओवादी–काँग्रेस गठबन्धनले मतपत्र च्यातेको आरोप लगाएको छ ।

उसले तत्काल स्थगित मतगणना सुचारु गराउन पनि माग गरेको छ । तर, काँग्रेस–माओवादी केन्द्रले भने एमालेले मतपत्र च्यातेको आरोप लगाउँदै भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतगणना गर्न माग गरेका छन् ।

एमालेले मतगणना सुचारु नभएसम्म संसद चल्न नदिने भन्दै बुधबार संसद बैठक अवरुद्ध गरेको छ । मतपत्र च्यातिएको विषयमा छानबिन गर्न सरकारले सह–महान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वमा गृह मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका डिआईजी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

आयोगले शुक्रबारै १९ नम्बर वडामा पुनः निर्वाचन घोषणा गर्न चर्चा चलेको थियो । तर, दिनभर चलेका त्यस्ता चर्चाविपरीत आयोगले च्यातिएका मतपत्रको अध्ययनपछि मात्र थप निर्णय लिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah