मेचीनगर, २७ मंसिर । झापामा आज २० जना संक्रमित थपिएका छन् । केहिदिन यता संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रवार जिल्लाका १० वटा पालिकामा १० महिला र १० जना पुरुषसहित २० जनामा कोरोना भाइरसको संक्रमण र दुई जनाको मृत्यु भएको हो ।

दमक नगरपालिकामा २ महिलासहित ३ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा १ महिलासहित ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, गौरादह नगरपालिकामा १ महिलासहित ४ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना महिला, कचनकवल गाउँपालिकामा १ महिलासहित २ जना, बाह्रदशी गाउँपालिकामा १ जना महिला, बुद्वशान्ति गाउँपालकामा १ महिलासहित २ जना, र हल्दीबारी गाउँपालिकामा १ जना महिला संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यसैगरी आज मृत्यु हुनेका २ जना पुरुष छन् । जसमा मेचीनगर–१० का ७८ वर्षीय र बिर्तामोड–४ का ८१ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३४ हजार ४७७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३०० जना संक्रमित छन् । जिल्लामा हालसम्म १२२ जनाको मृत्यु भइसकेको छ । लोकतन्त्र पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah