झापाका नगरपालिका र गाँउपालिकामा पार्टीहरुका नेता कार्यकर्तामा उम्मेद्वारका लागि टिकटको बिषयमा रडाको मच्चिन थालेको छ । प्रमुख राजनीतिक दलहरुभित्र टिकटको बिषयमा बिबाद देखिएको हो ।
आफ्नो गुट र आफूले भनेको उम्मेदवार बन्नुपर्छ भन्दै दबाद हुन थालेपछि प्रमुख राजनीतिक दलका नेताहरु मोवाइल अफ गरेर बस्न थालेकाछन् ।
झापाका अधिकाँश ठाँउमा मेयर,उपमेयरदेखि वडासदस्यसम्ममा बिबाद र रडाको देखिदै आएको छ । साना राजनीतिक दलहरुमा त्यति धेरै बिबाद नदेखिए पनि एमाले र काँग्रेसमा धेरै रडाको देखिएको छ । अहिलेसम्म काँग्रेस र एमालले आफ्ना सबै उम्मेदवारहरु सार्वजनिक गर्न सकेको छैन ।
दूइ दशकपछि हुन लागेको निर्वाचनमा उम्मेदवारी दाबी गर्ने तातिको नै रहेको पाइन्छ । राजनीतिक नेतृत्वले एकदिन एउटा त अर्कोदिन अर्को निर्णय गरेकासम्मका बिषयहरु सार्वजनिक हुन थालेपछि उम्मेदवारहरु बिबादको भूमिरीमा पर्न थालेको पनि पाइन्छ । यद्यपि नाम मनोनय नभएसम्म यस्तो अवस्था आउने भन्दै राजनीतिक नेतृत्व सकेसम्म ढिला निर्णय गर्ने मुडमा देखिन्छ ।



