काठमाडौं सफाईका वारे पहिलो निर्णय गरेका काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान सुरु गर्नु भएको छ ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गर्नु भएको थियो ।
न्यूरो अस्पताल बाँसबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्यले सरसफाई अभियानको सुभारम्भ गर्नुभयो ।
मेयर शाक्यले पनि केहीबेर झाडू लगाउनु भयो । यो अभियानले काठमाडौंलाई सफा गर्न ठूलो मद्धत पुग्ने बिश्वास लिईएको छ ।



