काठमाडाैं : व्यवस्थापिका संसद् सचिवालयले प्रधानमन्त्री चयनका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गरेर प्रधानमन्त्री निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत भोलि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ भने पर्सी २१ गते निर्वाचन हुनेछ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार शनिबार साँझ साढे ४ बजे उम्मेदवारको सूची प्रकाशित गर्नेछ भने २१ गते आइतबार निर्वाचन हुनेछ। व्यवस्थापिका संसदका सदस्यले नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम प्रधानमन्त्री पदका लागि निर्वाचित गरियोस् भनी उम्मेदवारी दर्ता गराउन पाउने छन्।
विपक्षी दलहरुको विरोधका बीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको गरिएको हो । सभामुख ओनसरी घर्ती मगरले दलहरुबित सहमति हुने विश्वस्त रहेको बताउँदै निर्वाचनको प्रक्रिया अघि बढाएको बताइन्।
नया पेज बाट




