मेरो एउटा साथी छ , ऊ कलाकार हो। कैयन पटक ऊ मसंग यस्तो चर्चा गर्न खोज्छ, जसको कुनै सार अथवा अर्थ हुँदैन। उसंग हुने चर्चामा सहमतिमा पुग्ने कुरा त टाढै चर्चाको प्रारम्भमै मलाई उदेक लाग्न थाल्छ । तर उ मेरो साथी हो ,मैले उसंग विभिन्न चर्चामा आफ्नो दृष्टिकोण राख्नै पर्छ। आखिर मित्रता पनि कुनै कुनै कुरा हो र आवश्यक कुरा हो। मत मिले पनि नमिले पनि जीवनमा मित्र त चाहिन्छ नै।

ऊ कलाकार हो, प्रकृति प्रेमी हो, सौन्दर्य उपासक हो। उसंग प्रकृति, प्रेम, सौन्दर्यबारे मभन्दा नितान्त फरक दृष्टिकोण हुन्छन् । वैज्ञानिक प्रकृति प्रेमी ,सुन्दरताबाट मोहित हुने प्राणी हुन्नन भन्ने होइन। तर दुबैको यी प्रतिको बुझाई भने फरक हुन्छ। अब यही एउटा प्रसंगलाई हेरौ –

उ एउटा फूलतिर देखाउँदै मसंग भन्छ – हेर कति सुन्दर फूल छ !

म उसको यस भनाइमा सहमति प्रकट गर्छु।

‘तिमी वैज्ञानिक पर्‍यौ। आफ्नो स्वभावअनुसार यस फूलको सुन्दरतामा रम्नुभन्दा तिमी यसको अनुसन्धानमा माथापच्ची गर्न थाल्छौ। तिमी मनमनै यस सुन्दर फूललाई धुजाधुजा गरी कुरूप बनाउँदै एउटा जटिल विषय र अनुसन्धानको सामाग्री बनाई दिन्छौ। तिम्रो अनुसन्धानको पद्धति यही होइन ?’

ऊ यत्तिमै रोकिनन। ऊ थोरै शब्दले सन्तुष्ट हुने प्राणी नै होइन। र , ऊ कलाकार हो। म वैज्ञानिकभन्दा सर्वसामान्यमा बढ़ी स्वीकृत र लोकप्रिय मानिस हो। कुनै पनि विषय वस्तुबारे लम्बेतान प्रवचन दिन सक्ने खुबी छ उसंग। हामी वैज्ञानिकहरु भने यस मामलामा अति नै दरिद्र हुन्छौं। वैज्ञानिकलाई सधैँ यही नै लाग्छ – मलाई थाहा नै के छ, कति नै छ र थाहा भएको कुरा पनि कति नै सत्य छ ?

ऊ मलाई आफ्नो ज्ञान,क्षमता र वाक्पटुताले होच्याउने प्रयास गर्दै हौँसिदै भन्छ – ‘हेर , म कलाकार हो यस फूलको सुन्दरता तिमी वैज्ञानिकभन्दा म बढी आत्सात गर्न सक्छु ।’

‘तिमी वैज्ञानिक पर्‍यौ। आफ्नो स्वभावअनुसार यस फूलको सुन्दरतामा रम्नुभन्दा तिमी यसको अनुसन्धानमा माथापच्ची गर्न थाल्छौ। तिमी मनमनै यस सुन्दर फूललाई धुजाधुजा गरी कुरूप बनाउँदै एउटा जटिल विषय र अनुसन्धानको सामाग्री बनाई दिन्छौ। तिम्रो अनुसन्धानको पद्धति यही होइन ?’

मेरा प्रिय भाइबहिनीहरु, के तिमीहरुलाई लाग्दैन,मेरो यो मित्र महामुर्ख र अति नै अहंकारले ग्रसित प्राणी हो ?

हेर उ जुन सौन्दर्यको बखान गरिरहेको छ त्यों सौन्दर्य उसले मात्रै होइन, म जस्ता वैज्ञानिक लगायत तिमीहरु जस्ता केटाकेटीसम्मले अनुभव गरिरहेका हुन्छौ। र , रह्यो सौन्दर्य बारे वर्णन गर्ने कुरा , यो त अ -आफ्नो रूचि,भाव र त्यस क्षणको मनस्थितिमा निर्भर गर्छ। यो केही हदसम्म व्यक्तिको जाँगर र उसले गर्ने काममाथि पनि निर्भर हुन्छ। हामी सबैलाई थाहा नै छ कसैको मृत्यु हुँदा फूल लिन जाँदा हामी कसैलाई फूलको सुन्दरताबारे कुनै ख्याल आउँदैन। शायद मेरो त्यस मित्रलाई पनि यस्तो बेला सौन्दर्य बोधको फिक्री हुन्न होला।

सौन्दर्यको वर्णन गर्ने क्षमता नहुने सर्वसाधारण, मजस्ता अनिच्छुक वैज्ञानिक अथवा तिमीहरु जस्ता अबोध बालबालिका पनि फूलको सौन्दर्य नजर र अनुभव त गरी नै रहेका हुन्छौ।

मेरो त्यस कलाकार मित्रलाई के थाहा ! ( मैले उसलाई थाहा दिनु पनि छैन ) मेरा आँखाले फूललाई, फूलको सौन्दर्यलाई उसको आँखाभन्दा झनै परिष्कृत रूपले हेरिरहेका हुन्छन्। ऊ फूलको बाहिरी सौन्दर्यमा अल्झिएको हुन्छ। ऊ फूलको बाहिरी सौन्दर्यमा रुमलिनुलाई आफ्नो श्रेष्ठता सम्झिन्छ ।

म फूलभित्र क्रमगत रूपमा विशिष्ट ढंगले सजिएर रहेका कोशिकाको कल्पना गर्छु। फूल भित्र सञ्चालन भइरहेका अनेकन जटिल प्रक्रियाको कल्पना गर्दै प्रकृतिको रचनाधर्मिताको आनन्द लिन सक्छु।

तिमीलाई एउटा रहस्य भन्छु। फूलमा हुने विभिन्न रंग ती कीरा फट्याङ्ग्रालाई आकर्षित गर्न भएका हुन्, जसले परागसेचनका लागि सहयोग गर्छन्। परागसेचन वनस्पति जगतको वंशवृद्धिलाई अनिवार्य कुरा हो। विभिन्न रंग र वासनाले आकर्षित भई कीरा फट्याङ्ग्रा फूल वरिपरि मडारिन्छन्।

फूलभित्र चलिरहेका, हुर्किरहेका सबै अन्तराल, अवकाश, विकास र सम्पन्न भइरहेका सबै चरणका अ- आफ्ना सौन्दर्य छन। मेरो आशय के हो भने सुन्दरता आँखाले देखिने स्थूल आकारमा मात्रै हुन्न। वरु सूक्ष्म जगत पनि सुन्दरताले भरी भराउ छ ,सौन्दर्यमय छ। फूलको आन्तरिक संरचना र त्यहाँ भित्र हुने समस्त प्रक्रिया पनि अति सुन्दर छन्।

तिमीलाई एउटा रहस्य भन्छु। फूलमा हुने विभिन्न रंग ती कीरा फट्याङ्ग्रालाई आकर्षित गर्न भएका हुन्, जसले परागसेचनका लागि सहयोग गर्छन्। परागसेचन वनस्पति जगतको वंशवृद्धिलाई अनिवार्य कुरा हो। विभिन्न रंग र वासनाले आकर्षित भई कीरा फट्याङ्ग्रा फूल वरिपरि मडारिन्छन्। अब भन्नु परिरहेन सौन्दर्य हामी मानिसका आँखालाई लोभ्याउने कुरा मात्रै होइन। यसले कीरा फट्याङ्ग्रालाई आफुतिर आकर्षित गरेर आफ्नो वंशवृद्धिको अभियान जारी राख्छ। कीरा फट्याङ्ग्राले पनि रंग, रूप, रस, गन्ध आदिको बोध गर्छन्। यिनीहरुको सौन्दर्य बोध मेरा कलाकार मित्र भन्दा कम हुन्न।

यस तथ्यको प्रमाणिकताले अर्को प्रश्न जन्मिन्छ – के यस्तो सौन्दर्य जीवनका अति कम विकसित प्रारूपमा पनि हुन्छ ? र , सँगसँगै अर्को महत्वपूर्ण प्रश्न पनि उठ्छ आखिर यस सुन्दरताको कारण के हो ?

फूलको रहस्य र यसको सुन्दरताबाट हुने विस्मय, रोमांच र उत्कण्ठाले विज्ञानको चिन्तन र खोज प्रवृतिमा अनेकन श्रृङ्खला थपिदिन्छ। साँच्चै नै विज्ञानले अन्वेषणको दिशामा सधैँ थप अरु र थप अरुको चाहना राख्दै काम गर्छ। सन्तुष्टि र पूर्णता विज्ञानको स्वभावमा हुन्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah