काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको आयोग निकट स्रोेतले जानकारी दियो ।
गत जेठ १४ गतेदेखि मतपत्र च्यातिएको विषयमा विवाद हुँदा मतगणना नै रोकिएको थियो । अब मतपत्र च्यातिएको वडामामात्रै पुनः मतदान गर्ने निर्णय गरिएको हो ।



