माेरङ – प्रदेश नम्बर १ का सुनसरी, झापा र ओखलढुङ्गामा भएको गाडी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । बुधबार साँझमा सुनसरीको देवानगंज २ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो ट्याम्पोले ठक्कर दिँदा घाइते भएका स्थानीय ९० वर्षीय बेचुदास मेहेतालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै ज्यान गएकाे छ ।

ठक्कर दिने अटो र चालकलाई इलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ । यसैगरी झापाको बिर्तामोड नगरपालिका ५ पूर्वपश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीय २८ वर्षीय राजेन्द्र चौधरीको ज्यान गएको छ ।

बुधबार कारले ठक्कर दिँदा घाइते भएका चौधरीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यस्तै ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएकाे छ।

बुधबार राति मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका रामेछापको मन्थली गाउँपालिका ९ का २८ वर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागि जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राति नै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah