बिराटनगर, पौष १० गते ।

झापा र उदयपुरमा बिहिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो सवा ४ बजेको समयमा झापाको कन्काई नगरपालिका-४ कोटीहोम छेउमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको WB-61A-9385 नम्बरको ग्यास बोक्ने ट्याङ्करले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३५८३ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो । ट्याङकरको ठक्करबाट मोटरसाईकल चालक ईलामको माई जोगमाई गाउँपालिका-४ का ४० बर्षीय शुभराज लिम्बु र सोही मोटरसाईकलको पछाडी सवार रहेका निजकै भाई ३६ बर्षीय चन्द्र कुमार लिम्बु घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी बि.एण्ड.सि. अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाईकलमा पछाडी सवार रहेका चन्द्र कुमार लिम्बुको बेलुका पौने ७ बजे मृत्यु भएको तथा ट्याङकर र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।

यसैगरी उदयपुरको कटारी नगरपालिका-१ चुरिया जंगलमा ना ३ ख ४३२१ नम्बरको मालवाहक ट्रकले प्रदेश ३-०२-०१३ प ००७४ नम्बरको मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बिहिवार साँझ पौने ६ बजेको समयमा मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको उक्त टरकले ठक्कर दिंदा मोटरसाईकल चालक दुधौली नगरपालिका-११ का ५० बर्षीष दिपक कार्कीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah