१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने टिप्पणी गरेका छन् ।

संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएका थिए । तर बिहीबार केपी शर्मा ओलीलाई साथ दिन पुगे । ओली समूहको बैठकलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्र्थापनाको माग पश्चगमन भएको बताएका थिए ।

यसबारे सोधिएको प्रश्नमा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले कता जाने भन्ने व्यक्तिको विवेक भएको बताए । तर बादलले गरेको भाषण सुन्दा ‘यता आउन तयार पारेको भाषण उता गर्नु भएछ’ भन्ने जस्तो लागेको बताए । उनले अघि भने, झुक्किएर उता पुग्नु भएको होला, उहाँ यता आउनुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah