काठमाण्डौ – विदेशबाट वस्तु तथा सेवा आयात गर्दा डलर खाता नभएकाले पनि भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डलर खाता नहुनेहरूले पनि वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न मिल्ने व्यवस्था कार्यान्वयनको लागि सरोकारवालासँग राय सुझाव माग गरेको छ ।

अहिले डलर खाता हुनेले मात्रै डलरमा भुक्तानी गर्न सक्छन्, विदेशी सेवा तथा वस्तु आयात गरेबापत थोरै रकम भुक्तानी गर्नेहरुलाई परेको समस्यालाई मध्यनजर गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न लागिएको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले उज्यालोलाई जानकारी दिनुभयो ।

‘अहिले सामाजिक सञ्जाल र अन्य अनलाइन कारोबारको रकम डलरमा भुक्तानी गर्न समस्या भएको गुनासो सम्बोधन गर्नका लागि हामीले यो व्यवस्था गरेका हौँ, अनलाइनमार्फत सानोतिनो कारोबार गर्नेलाई यसले सुविधा हुनेछ’, विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले उज्यालोसँग भन्नुभयो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न सकिने जनाएको थियो । यो व्यवस्थालाई थप प्रष्ट पार्दै सरोकारवालासँग सुझाव मागिएको मिश्रको भनाइ छ ।

सुझावका लागि सार्वजनिक गरिएको प्रस्तावमा इजाजत प्राप्त वाणिज्य बैंकहरुले अनलाइनमार्फत विदेशबाट सेवा आयात गरेबापतको भुक्तानी गर्ने प्रयोजनको लागि ११ वटा प्रक्रिया तथा सर्त उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah