काठमाडौं- चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले मानव बेचबिखन गरेको आरोप लागेका काभ्रेको रोशी गाउँपालिका–४ घर भई ललितपुर पाटन बस्ने ३२ वर्षीय किरण तामाङलाई सोमबार सानेपाबाट पक्राउ गरेको हो।

५० वर्षीया एक महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभन देखाएर तामाङले गत वर्षको पुस २५ गते आफूसँगै चीन लगेका थिए। चीनको सान्दोङ प्रान्त हेज शहरको ताङ–लो टोलमा बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्‍याएर तामाङले ती महिलालाई बेचेका थिए।

चिनियाँ नागरिक थोङले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाइराखेका थिए। एक दिन भने समाजिक सञ्जालमार्फत आफन्सँग सम्पर्क भएको बेलामा ती महिलाले आफू बेचिएको र उद्दार गर्न आग्रह गरेकी थिइन्।

त्यसपछि नेपाल प्रहरीको समन्वयमा गत कात्तिक १२ गते ती महिलाको उद्दार गरी नेपाल ल्याइएको थियो।

मानव बेचबिखनको आरोप लागेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah