(पार्थ मण्डल) भद्रपुर । झापामा पहिलो पटक ध्वाँसे चितुवा (क्लाउडेड लियोपार्ड) भेटिएको छ । विश्वकै लोपोन्मुख प्रजातिमा पर्ने ध्वाँसे चितुवा झापा र इलामको चुरे क्षेत्रको जङ्गलमा भेटिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । बुद्धशान्ति गाउँपालिका १ देउराली धेक्सेदेखि २५० मिटरमाथि जङ्गलमा शनिवार बिहान साढे ७ बजे स्थानीयले ध्वाँसे चितुवा भेटाएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

३६ इन्च लम्बाई चितुवालाई स्थानीयले घेरा हालेर समातेको स्थानीय वीरेन्द्र चापागाईँले बताए । बिरालो जस्तो देखिने चितुवा केहीदिन देखि गाउँघर नजिकै जङ्गलमा देखिन थालेपछि स्थानीयले पासो थापेर समातेको र त्यसपछि वनका कर्मचारी जिम्मा लगाएको उनले बताए । मानविय क्षति गर्नु भन्दा अघि नै स्थानीयबासीले चितुवालाई समात्न सफल भएको स्थानीय मनोज कार्कीको भनाई छ । स्थानीयले समात्न खोज्दा चितुवाको मुखमा चोट लागेको सहायक वन अधिकृत उप्रेतीको भनाई छ । नियन्त्रणमा लिएको चितुवालाई हाल कनकाई नगरपालिकास्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहभित्र प्रदेश सरकारले बनाएको वन्यजन्तु संरक्षण तथा उद्धार केन्द्रमा राखिएको छ । त्यहाँ घाइते चितुवाको उपचार समेत भइरहेको जनाइएको छ ।
‘झापामा ध्वाँसे चितुवा पहिलो पटक भेटिएको हो,’ सहायक वन अधिकृत उप्रेतीले भने, ‘घना जङ्गल तथा चिसो मौसम बस्न रुचाउने ध्वाँसे चितुवा यसअघि जिल्लामा भेटिएको रेकर्ड छैन ।’ यो चितुवा अन्य चितुवाको तुलनामा बढी आक्रामकसँगै माशंहारी र ढाड भएको प्रजातिमा पर्छ । ध्वाँसे चितुवा नेपालसहित बङ्गलादेश, भुटान, क्यामबोडिया, चिन, भारत, मलेसिया, म्यानमार, थाइल्यान्ड, भेटनाम जस्ता मुलुकमा पाइन्छ ।

नेपालमा यसको सङ्ख्या ३ सयदेखि ५ सय सम्म रहेको छ, भने विश्वमा यसको सङ्ख्या ३२ सयको हाराहारीमा रहेको छ । यस्ता प्रकारका चितुवा इलाम, कास्की र कैलालीमा भेटिने गरेको छ । नेपालको वन्यजन्तु संरक्षण ऐन अनुसार यस्ता प्रजातिका वन्यजन्तुलाई संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । समुन्द्र सतहभन्दा ३ हजारदेखि साढे पाँच हजार माथिसम्म ध्वाँसे चितुवा पाइन्छ । सन् १९०० मा पहिलो पटक ध्वाँसे चितुवा चीनमा भेटिएको थियो । चीनमा भेटिएको चितुवालाई त्यसपछि लन्डन लगिएको थियो । फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah