विश्वव्यापी मदिरा बजारको तथ्यांक विश्लेषण गर्ने संस्था ‘आईडब्लूएसआर’ले गत जेठको मध्यतिर एउटा प्रतिवेदन प्रकाशित गरेर कोरोना भाइरसका कारण मदिरा बजारमा ज्यादै ठूलो असर परेको उल्लेख गरेको थियो। उक्त प्रतिवेदनले मदिरा बजार पुरानै वृद्धिको बाटोमा फर्किन पाँच वर्ष कुर्नुपर्ने उल्लेख गरेको थियो। तर, त्यसको दुई महिना बित्न नपाउँदै थुप्रै मुलुकमा मदिराको खपत बढ्न थालेको विवरण आए।

यसबीचमा चारमहिने मदिरा प्रतिबन्धलाई दक्षिण अफ्रिकाले ३१ साउनमा फुकुवा गरेको घोषणा गर्‍यो। कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि दक्षिण अफ्रिका मात्र होइन, थाइल्यान्ड, भारतजस्ता मुलुकले पनि मदिरा उपभोग, उत्पादन र बिक्रीवितरणमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका थिए। केन्याले रेस्टुरेन्टमा मदिरा बेच्न रोक लगाएको थियो। मेक्सिकोमा पनि कतिपय प्रान्तमा मदिरा प्रतिबन्ध गरिएको थियो।

तर, युरोप र अमेरिकामा भने कोरोनाले मदिरा बजारलाई भिन्दै रूपमा बढावा दिन थाल्यो। क्वारेन्टाइन र आइसोलेसनमा बस्नेले मदिरालाई ‘एकान्तबासको सहारा’ सम्झन थाले। यो क्रम विस्तारै अन्यत्र पनि बढ्यो। संसारमा सर्वाधिक ‘अप्राकृतिक मृत्यु’ खेप्नेमध्येको एक दक्षिण अफ्रिकाले अस्पतालमा रक्सीका बिरामीको संख्या घटाएर कोभिडका बिरामीको उपचारलाई शय्या खाली गर्न चाहेको थियो। तर, अर्थतन्त्रमा तीन प्रतिशतभन्दा बढी (नेपालमा पूरै पर्यटन क्षेत्रको भन्दा ज्यादा) योगदान दिने मदिरा बजारको कालोबजारी र अवैध व्यापार चुलिन पुग्यो।

२२ चैत २०७४ मा भारतमा विहार राज्यले मदिरामा पूर्ण प्रतिबन्ध लगाएपछि नेपाली सीमावर्ती इलाकामा सस्तो मदिराको व्यापार मौलायो। यसरी नै संसारभर यस्ता प्रतिबन्ध र रोजगारी कटौतीले पनि रक्सीको व्यापारलाई सोचेजस्तो घटाउन सकेको छैन। कोरोना भाइरसले मुटु, मिर्गौला, कलेजो र स्नायुप्रणालीजस्ता संवेदनशील अंगलाई समेत प्रभाव पारेर ज्यान लिने खतरा रहेको भन्दै विश्व स्वास्थ्य संगठन र कतिपय चिकित्सकले सचेत गराइरहँदा पनि मदिराको बजारमा दीर्घकालीन कमी देखिने संकेत विस्तारै फिक्का हुँदै छन्।

दसैंयता चम्कियो बजार

नेपालमा पनि लकडाउन सुरु भएयता भारी मात्रामा घटेको भनिएको मदिरा बजार दसैंयता ‘उत्साहजन’ रूपमा बढेको व्यवसायीले बताएका छन्। ‘गत वर्ष त लकडाउन भएपछि बियरको बजार झन्डै ६० प्रतिशत र रक्सीको बजार ३५ प्रतिशत घटेको थियो’, मदिरा उद्यमी रवि केसी भन्छन्, ‘दसैंयता भने व्यवसाय बढेर आयो।’ यती डिस्ट्रिलरी र याक ब्रुअरीका सञ्चालक केसीले विगतमा लकडाउन र निषेधाज्ञाका कारण मदिरा उद्योग मर्कामा परेको बताए।

अरू सबै उद्योगलाई पुनर्कर्जा सुविधाजस्ता पुनरुत्थान प्याकेज सरकारले नै उपलब्ध गराए पनि मदिरा व्यवसायीलाई त्यसो नगरिएको केसीले बताए। ‘त्यसका बाबजुद पनि उद्योगी व्यवसायीलाई बढेको व्यापारले उत्साह थपेको छ।’ नेपालमा मदिराको बिक्री कति बढेको वा घटेको छ भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन। त्यसकारण व्यवसायीले मनखुसी अनुमानको भरमा यस्ता तथ्यांक बोल्ने गरेका छन्। त्यसको वास्तविकता जाँच्ने भरपर्दो व्यवस्था नहुँदा मदिरा व्यापारमा कति असर पर्‍यो भन्ने निक्र्योल गर्न मुस्किल छ। तर अधिकांश रेस्टुरेन्ट र बार लामो समय बन्द रहँदा मदिरा व्यवसायमा पनि ठूलै असर परेको देखिन्छ।

असोज २२ मा सरकारले सात महिनाअघि मदिरा आयातमा लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको थियो। गत चैतमा लकडाउन सुरु भएसँगै विदेशी मुद्राको सञ्चिति समेत घट्दै जाँदा सरकारले विदेशी मदिरा र महँगा गाडी तथा मरिच, केराउजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। अहिले सरकारी ढुकुटीमा विदेशी मुद्रा थुप्रिँदै गएको र राजस्व लक्ष्य पछ्याउन धौधौ भएपछि सरकारले गाडी र रक्सीका आयात पनि खुला गरेको हो। गत भदौ मसान्तमा नेपालसँग १४ खर्ब ३३ अर्बभन्दा बढी विदेशी विनिमय सञ्चिति रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। यो पैसाले त्यसअघिको आयातको आकार अनुसार झन्डै १५ महिनाको वस्तु र सेवा आयात धान्न पुग्ने अवस्था देखिएको थियो। विदेशी मदिराको समेत आयात खुला भएपछि मदिरा बजार उकासिएको विक्रेताहरू बताउँछन्।

बढ्दो लगानी

पछिल्लो समय मदिरा उद्योगमा लगानी बढ्न थाल्नु पनि यसको सूचक हो। केही वर्षयता नेपालमा उत्पादन बन्द गरेको रोयल स्टेगले पनि पुनः उत्पादन सुरु गरेको छ। साना मदिरा उत्पादकहरू लगानी र उत्पादन क्षमता बढाउन लागिपरेका छन्। टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर्स बु्रअरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आधा स्वामित्वको मालिक बनाएर मार्सी बियरको उत्पादन थाल्ने भएको छ। एभरेस्ट हब्र्स प्रोसेसिङले उत्पादन गर्ने यार्सागुम्बा बेभरेजले वार्षिक ६ हजार लिटर उत्पादन क्षमतालाई चार लाख लिटर पुर्‍याउन ३५ करोड रुपैयाँ थप पुँजी लगानी गर्ने बताएको छ।

अन्य उद्योगीले पनि मदिराको उत्पादन क्षमता बढाउने र नयाँ उद्योग खोल्ने योजना अघि सार्न थालेका छन्। उद्योगी केसी भन्छन्, ‘सधैं कोरोनाको असर रहँदैन। खोप बन्ला भन्ने आशाले पनि अहिले मदिरा उद्यमीलाई थप लगानी गर्न प्रेरित गरिरहेको छ।’ अहिले बैंकको ब्याज निकै तल्लो स्तरमा झरेका कारण यस्ता उद्योगीलाई थप उत्प्रेरणा मिलेको कतिपय व्यवसायीको तर्क छ।

नेपाल राष्ट्र बैंकका अनुसार कोरोना देखिनुअघि अर्थात् गत वर्षको पहिलो दुई महिनामा बैंकहरूको कर्जा मदिरा उद्योगमा धेरै बढेको थियो। गत आर्थिक वर्षको पहिलो दुई महिनामा मदिरा उद्योगमा ४२ करोड ७५ लाख रुपैयाँ थप ऋण प्रवाह गरेका बैंकले यो वर्षको साउन र भदौमा मात्रै ६९ करोड थप कर्जा लगानी गरे। यसले पनि व्यवसायी मदिरा बजारको भविष्यप्रति आशावादी देखाउँछ।

व्यवसायीका अनुसार नेपालमा सस्तो मूल्यका रक्सीको उत्पादन पनि फस्टाएको छ। त्यसो त, संसारभर नै अहिले सस्ता र कम गुणस्तरका मदिराको माग बढेको एजेन्सीले उल्लेख गरेका छन्। कोभिडका कारण मानिसहरू रोजगारी गुमाउने, आयस्रोत खस्किने र एकान्तवासमा बस्दा बढी समय मदिरामा मग्न हुनसस्तो मदिराको माग बढेको हो। घरेलु मदिराको उत्पादनमा सरकारले नै सीमा तोकिदिएपछि सस्तो ‘सिलप्याक’ तिर धेरैको ध्यान तानिएको मदिरा व्यवसायी बताउँछन्। नेपालमा बोतलको ७० रुपैयाँदेखि आठ लाख रुपैयाँसम्मका विभिन्न ब्रान्डका मदिरा उपलब्ध छन्। यसमध्ये सस्ता रक्सीको बजार ८० प्रतिशतभन्दा बढी भएको व्यवसायी बताउँछन्।

नेपालमा मदिरा आयात
आर्थिक वर्ष रकम
२०६८-६९ १ अर्ब २० करोड
२०६९-७० १ अर्ब ७६ करोड
२०७०-७१ १ अर्ब ९१ करोड
२०७१-७२ १ अर्ब ७३ करोड
२०७२-७३ २ अर्ब २० करोड
२०७४-७५ ९० करोड
२०७५-७६ १ अर्ब १४ करोड
२०७६-७७ ८८ करोड

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah