काठमाडौ । दलहरुबीच विवाद बढ्दै गएपछि प्रधानमन्त्रीको निर्वाचन समेत जटिल बन्दै गएको छ । यसका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नबन्ने भएका छन ।

प्रधानमन्त्रीको निर्वाचनका लागि शनिबार देउवाको मात्र उम्मेद्वारी दर्ता भएको थियो । कार्यक्रम अनुसा प्रधानमन्त्रीका लागि संसदमा निर्वाचन गर्ने कार्यक्रम रहेको थियो । तर निर्वाचन आयोगले भरतपुरमा च्यातिएको मतपत्रका बिषयमा पुनः निर्वाचन गर्ने निर्णय दिएपछि एमालेले संसद अवरोध गर्दै आएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको निर्वाचनका लागि संसदलाई पठाएको पत्र संसदमा पढेर नसुनाई सिधै संसद सचिवालयमा कार्यक्रम टांस गरिएको थियो। यस अघि भने यस्तो परम्परा थिएन । नेताहरुबीच शनिबारदेखि र्नै सहमतिका लागि प्रयास भएपनि कुनै सफलता हात परेको छैन।

शनिबार मात्र प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका कांंग्रेस सभापति देउवा प्रमुख प्रतिपक्ष नेता एमाले अध्यक्ष केपी ओलीको निवास बाल्कोट पुगेका थिए। तर ओलीले एमाले संसद घेराउको अडानबाट पछि नहट्ने अडान राखेका थिए । सहमति नभए पछि आज बिहान ११ बजे बस्ने भनिएको संसदको बैठक बसेको छैन।

सभामुख र प्रमुख सचेतकहरु लगातार छलफलमा व्यस्त भएपनि सहमतिको संभावना छैन। यसैकारण आज देउवा प्रधानमन्त्री नबन्ने भएका छन । उता प्रधानमन्त्री पुस्पकमल दाहालले भने बालुवाटारबाट आफ्ना नीजि सामान शनिबार नै आफ्नो निवासमा सारेका छन।

यसैबीच दलहरुबीच सहमति नजुटेपछि सभुमसखले सूचना टाँस गरेर आज दिउँसो तीन बजे सम्मका लागि बैठक स्थगित गरेकी छिन् । त्यो भन्दा अगाडि संसद भवन नयाँ वानेश्वरमा सभामुखले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छिन् । नेपालपाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah