आइजीपि प्रकरण होस वा प्रधान्ययाधीश यस्ता धेरै प्रकरणमा प्रचण्ड देउवा गठबन्धन फेल खाएको छ । उनीहरुको गलत कदमलाई यस अगाडि सर्वाेच्चले उल्टाइदिँदै आएको थियो । अहिले फेरि उनै प्रचण्ड देउवाबाट प्रभावित भइ भरतपुरकाण्ड बारे निर्वाचन आयोगको भूमीका र उस्को पछिल्लो निर्णयको बर्खीलापमा आजै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।
माओवादीका कार्यकर्ताले मतपत्र च्यातेसँगै स्थगीत भएको भरतपुरको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयका विरुद्ध आईतबार सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
भरतपुर वडा नम्बर १९ मा वडा सदस्यका उम्मेदवार रहेका गुञ्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले सत्तापक्षको गठमेलबाट प्रभावित भई गैर संवैधानिक र गैर कानूनी र जालझेलपूर्ण ढंगले आयोगको निर्णय आएकोले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेको अधिवक्ता टिकाराम भट्टराईले जनाए ।
रिटमा मत्रपत्र कब्जाको पूर्व अवस्था नभएको र सत्तापक्षको पूर्वयोजना अनुसार जबर्जस्ती कब्जा गरिएको र आयोगले कानूनको गलत व्याख्या गरेको उल्लेख गरिएको छ ।
प्रहरीको प्रतिबेदन, घटनास्थलको अनुगमन टोलीको प्रतिबेदन र आयोग स्वयंले गठन गरेको छानबिन समितिको प्रतिबेदनमा समेत कब्जा गरेको भन्ने उल्लेख नभएको अवस्थामा आयोगले आफुखुसी कानूनको गलत व्याख्या गरी जालसाजपूर्ण निर्णय गरेको रिटमा दाबी गरिएको छ ।



