२१ जेठ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयप्रति अधिकांशले आलोचना गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका कामचलाउ प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल काँग्रेस–माओवादीको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी छिन् भने एमालेका तर्फबाट देवी ज्ञवाली ।
ज्ञवालीले मेयरमा जित्ने निश्चित भएपछि अन्तिम समयमा आएर माओवादीका कार्यकर्ताले बालुवाटारकै निर्देशनमा केही मतपत्र च्यातेका थिए । त्यसैलाई बाहना बनाएर निर्वाचन आयोगले समेत त्यहाँ पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि त्यसको अलोचना भएको हो । एमालेले भने पुनः मतदान गर्नु भनेको लोकतन्त्र हार्नु हो भन्ने पुनः मतदानको अडान राख्दै आएको छ ।
त्यसो त काँग्रेसकै केही नेताहरुले समेत खुलेरै पुन मतदानको विरोध गरेका छन् । बौद्धिक समूदाय, पत्रकार र स्वतन्त्र व्यक्तिहरुले पनि पुनः मतदानको विरोध गरेका छन् ।
यसरी विरोध गर्नेमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, संविधानविद् निलाम्बर आचार्य, काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा, सामाजिक अभियन्ता केदार खड्का, पत्रकार महेन्द्र विष्टलगायतले त सामाजिक सञ्जालमार्फत नै आयोगको त्यस निर्णयको खुलेर आलोचना गरेका छन् । उनीहरुका आलोचना जस्ताको त्यस्तैः












