भोजनले हाम्रो शरीरलाई पोषण दिन्छ । यसबाट शरीरलाई ऊर्जा र ताकत मिल्छ । यदि मानिसलाई सही भोजन मिलेन भने शरीरमा कमजोरी आउन थाल्छ । पौष्टिक आहारको सेवन गर्नाले कैयौं प्रकारका बिरामीबाट पनि छुटकारा पाउन सकिन्छ ।
खानपानसँग जोडिएका केही इस्ता खराब बानी छन्, जसबाट बच्न अत्यावश्यक हुन्छ । खानापछि सामान्य मानिन्छ यस्ता गल्ती अधिकांश मानिस खाना खाने समय वा त्यसपछि केही गल्ती गर्दछन् । जसलाई स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ ।
जान्नुहोस् भोजन गर्ने समय र त्यसपछि कस्ता गल्ती गर्न हुँदैन । खाना खानेबेला वा तत्काल पानी नपिउनुहोस् तात्तातो खाना सबैलाई मन पर्छ । भोजन गरेपछि तत्काल ापनी पिउनाले पाचन प्रक्रियामा क्षति पुग्छ । यसबाट इन्जाइम कमजोर हुन्छ ।
यसकारण प्राकृतिक पाचनको समय पनि कम हुन्छ । भोजन गर्नु एक घण्टाअघि वा एक आधा घण्टापछि पानी पिउनुहोस् । भोजन खानेबेला एकदमै कम पानी पिउनुहोस् ।
खानापछि कफी वा चिया पिउन बन्द गर्नुहोस् भोजन गरिसकेपछि तत्काल चिया, कफी वा कुनै प्रकारको पेय पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
विशेषज्ञका अनुसार भोजन गरेको एक घण्टाअघि वा एक घण्टापछि नै पेय पदार्थ सेवन गर्नुहोस् । यी वस्तुले शरीरमा आइरनको कमी गराउँछन् ।
जसबाट तपाइँ एनिमियाँको शिकार हुन सक्नुहुन्छ ।
खानापछि धुम्रपान हानिकारक
केही मानिसलाई खाना खानेबित्तिकै धुम्रपान गर्ने बानी हुन्छ । तर, खानो खानेबित्तिकै धुम्रपान गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।
खानापछि खाएको चुरोटले सामान्य अवस्थामा आएको १० चुरोट बराबर शरीरमा नोक्सान गर्दछ । यदि तपाइँमा यस्ता खराब बानी छन् भने छोड्नुमै भलाइ हुन्छ ।
खाना पछि तत्काल नुहाउनबाट बच्नुहोस्
केही मानिसलाई खाना खाइसकेपछि नै नुहाउने बानी हुन्छ । यस्तो गर्नाले तपाइँको शरीरमा गम्भीर असर पर्दछ ।
खाना खाएको केही समयमै नुहाउनाले तपाइँको शरीरको रक्तसञ्चारमा खराबी आउँछ ।



