विराटनगर : बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा मोरङको बेलबारीस्थित विद्युत प्राधिकरणका एक कर्मचारी पक्राउ परेका छन्। सुन्दरहरैँचा नगरपालिका–२ का ४० वर्षीय लेखनाथ रिजाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार रिजाल प्राधिकरण बेलबारी शाखाका मिटर रिडर हुन्।

प्राधिकरणले खटाए अनुसार उनी घर–घरमा मिटर रिडिङ गर्न जाने गर्थे। त्यस क्रममा बेलबारीकी १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोप रिजालमाथि छ। मिटर रिडिङ गर्न पुगेका रिजालले घरमा एक्लै भएको अवस्थामा जबरजस्ती तानेर बालिकालाई गत आइतबार बलात्कार गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पक्राउ गरिएको ढकालले बताए।

उनका अनुसार पक्राउ परेका रिजालविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान थालिएको छ। घटनाको थप कुरा अनुसन्धानबाट खुल्दै जाने ढकालको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah