स्याङजा : स्याङ्जामा संचालित खिलुङकालिका एग्रोफर्मलाई लकडाउनका बेला ८ करोड बराबरको ब्यापार घाटा भएको जनाएको छ। स्याङ्जाको भीरकोट नगरपालिका ६ ठाडाखेतमा संचालित एग्रोफर्मबाट दैनिक एक लाख ३० हजार अण्डा उत्पादन हुन्छ। यहाँ उत्पादित अण्डा गण्डकी प्रदेश सहित नेपालभर पुर्‍याइन्छ। एग्रोफार्म प्राइभेट लिमिटेड कम्पनीका नाँउमा स्थापित अत्याधुनिक जर्मनी प्रविधि जडित ‘लेयर्स कुखुरा फर्म’ हो।

‘कोरोनाका कारण एग्रोफार्म प्रभावित भयो। अण्डा बजार पुर्‍याउन सकिएन। ३ महिनामा ८ करोड घाटा बेहोर्नुपर्‍यो। दैनिक ८ देखि १० लाखसम्म घाटा हुन्थ्यो’, फार्मका कार्यकारी प्रमुख राजेश ढकालले जानकारी दिए। बजार खुला भएसँगै केही आशा पलाएको उनको भनाइ छ। हाल एक सय ५० जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने त्यति नै जतिले अप्रत्यक्ष रोजगार। फार्म गण्डकी प्रदेशकै नमूना र पहिलो हो। यहाँबाट उत्पादित सुलीबाट बायोग्यास निकालिएको छ।

जर्मनीको अत्याधुनिक प्रविधि ‘व्याट्री केज’ प्रणालीबाट सन्चालित फार्ममा २ लाख लेयर्स कुखुरा छन्। ६ वर्षअघि ७ जना मिलेर डेढ अरबको लगानीमा ५० रोपनी क्षेत्रफलमा फर्म संचालित छ।

बन्द घरभित्र राखिएका चल्लाले ४ महिनादेखि १९ महिनासम्म अण्डा दिन्छन्। त्यसपछि मासुका लागि बिक्री गरिन्छ। कुखुराका लागि आवश्यक अनुरुपका दाना, पानी लगायतका खाद्य बस्तु मेशिनद्वारा उपलब्ध गराइन्छ। मेशिनबाटै अण्डा र सुली छुट्टाछुट्टै स्थानमा एकीकृत हुन्छन्। भवनभित्र अत्यावश्यक बाहेकका ब्यक्ति जान बन्देज छ।

डा. दिपेन्द्र कडेंलका अनुसार बाहिरी वातावरणको प्रभाव भित्र पर्न दिंदैनौं। कुखुराको दाना, पानी र सुलीको ब्यवस्थापन मेशिनबाटै हुने गरेकोले अण्डा स्वस्थ्यकर र ठूला छन्। कुखुराको स्वास्थ्यप्रति सचेत र सरसफाईमा ध्यान दिन्छौं। कुखुराको मृत्युदर निकै कम छ। सुविधा सम्पन्न ४ वटा भवनमा कुखुरा हुर्काइएका छन्। प्रति भवन ५० हजार चल्ला राखिन्छन्। तीमध्ये ३ वटा भवनमा राखेका कुखुराबाट अण्डा उत्पादनका हुन्छ। फर्मबाट दैनिक ६ टन सुली उत्पादन हुँदै आएको छ।

बिगत ४ वर्षदेखि फर्ममा काम गर्दै आएकी लीला दर्जी कामबाट खुशी देखिन्छन्। पोखरा घर बताउने उनी यहीं काम गरेर छोरासहित आफ्नो लालनपालनको खर्च पुगेको बताउँछिन्। उनले भनिन्, ‘काम पाउँदा खुशी छु। यही कामबाट आमा र छोरा दुबैको लालनपालन र शिक्षाको खर्च पुगेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah