भरतपुर, २२ जेठ । भरतपुर महानगरपालिकाको पुनः चुनाव हुने निश्चित नहुँदै काँग्रेस-माओवादी गठबन्धनकी मेयरकी उम्मेदवार रेणु दाहाललाई भने भ्याई-नभ्याई छ ।

चुनाव हुने पक्का भएको भन्दै उनी भरतपुर १९ का बासिन्दासँग मत माग्न घरघरमा पुगिरहेकी छिन् । भरतपुर १९ का बासिन्दालाई व्यक्तिगत रुपमा भेट्दै उनले मतका लागि लबिङ गरिरहेकी छिन् । खासगरि, काँग्रेसका असन्तुष्ट स्थानीय नेताहरुलाई फकाउनैमा उनी व्यस्त भएको स्रोतले बतायो । मतपत्र च्यातिएपछि काँग्रेसकै स्थानीय कार्यकर्ताहरु माओवादीसँग आक्रोशित देखिएका छन् ।

यसअघि वडामा माओवादी र काँग्रेसको प्रतिस्पर्धा हुने तर मेयरमा भने माओवादीलाई भोट दिनुपर्ने बाध्यता थियो । तर, काँग्रेस कार्यकर्ताको आक्रोश मत्थर पार्न रेणुकै प्रस्तावमा माओवादीले १९ वडाको अध्यक्षदेखि सदस्यसम्म सबै पदमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति जनाएको छ । मेयरमै खतरा देखिएपछि १९ नम्बर वडा काँग्रेसलाई बुझाएर भए पनि आफू जित्ने दाउमा रेणु लागेकी छिन् ।

१९ नम्बर वडामा कुल ३ हजार ७ सय ९७ जना मतदाता छन् । वैशाख ३१ को निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको थियो । तर, अब त्यति नै मत खस्ला कि त्यो भन्दा बढी ? बिभिन्न अड्कलबाजीहरु चलिरहेका छन् ।

स्थानीय बासिन्दा भन्छन्, भरतपुर–१९ मा अब यसअघिको जत्तिकै मत आउला भन्न सकिने अवस्था छैन् । पहिलो चरणमा जति उत्साह थियो, त्यस्तो उत्साह देखिएको छैन् । किनकी माओवादी र काँग्रेसले अहिलेबाटै यही वडामा बढी ध्यान केन्द्रीत गरेका छन् भने आन्दोलनमा रहेको एमालेले पनि चुनाव हुने पक्का भएर आक्रामक रणनीति अपनाउनेछ ।

-दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah