नेपाली काङ्ग्रेसका ‘थिङ्क ट्याङ्क’ मानिएका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले भरतपुर काण्डमा मतदान होइन, मतगणना नै हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।

उनले निर्वाचन आयोगले मतदानको आदेश गर्नु अघि नै ट्वीटरमार्फत यस्तो धारणा सार्वजनिक गरेका थिए ।
भरतपुरमा माओबादी केन्द्रसँग चुनावी गठबन्धन गरेको नेपाली काङ्ग्रेसले माओबादी गणकले नै मतपत्र च्यातेको घटनापछि पुनः मतदानको माग गर्दै आएको छ । तर मतदानको विपक्षमा सार्वजनिक रुपमै विमति राख्ने काङ्ग्रेस नेतामा शर्मा मात्र हुन् ।

शर्माले पार्टीका सभापति शेरबहादुर देउवा र महामन्त्री शशाङ्क कोइरालालाई भेटेरै भरतपुर काण्डमा पार्टीले मतदानको गलत माग गरेको भन्दै असन्तुष्टि समेत जनाएका थिए ।

‘भरतपुरमा चुनावी गठबन्धन कोसँग थियो वा को उठेको छ र को जित्छ भन्ने मूल प्रश्न होइन’, लोकतन्त्र पोस्टसँग सोमवार कुराकानी गर्दै युवा नेता शर्माले भने–‘हुल्लडबाजले मतपत्र च्यातेका छन्, च्यात्नेहरुलाई छुट्नासाथ खादा माला लगाएर सम्मान गरिएको छ, के यो संस्कार राम्रो हो ?’

मतपत्र च्यात्ने कार्य सर्वथा गलत कार्य भएको र त्यसकै आधारमा फेरि मतदान गराउने आयोगको निर्णय झन् गलत भएको शर्मा बताउँछन् ।

‘२०५४ सालमा बाग्लुङमा मतपत्र च्यातिदा मतदान भएको नजिरको पनि जो कुरा आएको छ, त्यो नजिरलाई पछ्याउनु पनि गलत हो’, काङ्ग्रेसका केन्द्रीय सदस्य शर्मा भन्छन्–‘पुरानोको ठाउँमा नयाँ व्यवस्था र संस्कार पो बसाउनु पर्छ त, मतपत्र च्यातेर पुनः मतदान गर्न लगाउने कार्य एमालेले २०५४ सालमा गरेको थियो भन्दैमा त्यस्तो गलत नजिर अहिले पछ्याउनु हुँदैन ।’

भरतपुरमा योजनाबद्ध रुपमा मतपत्र च्यात्ने कार्य भएको हुँदा त्यसमा राजनीतिक दलहरु गम्भीर हुनु पर्ने उनको सुझाव छ । यदि आयोगको यही आदेश लागू हुने हो भने सयौँ ठाउँमा मतपत्र च्यातिने र बर्षैभरि निर्वाचन गरिरहनु पर्ने खतरा आउने उनले चेतावनी दिएका छन् ।

यो विवादकै विषयमा सर्वोच्च अदालतले तत्काललाई मतदानको आदेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरिसकेको छ । जेठ २८ गते मात्र अदालतले दुबै पक्षको कुरा सुनेर अन्तिम फैसला सुनाउने भएको छ ।

अदालतको यो फैसलाले संसद्को गतिरोध समेत हट्ने र प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।
राजनीतिक दलकै अकर्मण्यताका कारण अदालतमा मुद्दा पुगेको र अब अदालतको अन्तिम आदेश पर्खनुको विकल्प नरहेको शर्मा बताउँछन् ।लोकतन्त्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah