काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित मिचिएको भूभाग स्वामित्वमा ल्याउने जिकिर गरेका छन् ।
आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै ओलीले मित्रतापूर्ण ढंगले तथ्य र प्रमाणका आधार छलफल गरेर भूमिलाई नेपालको स्वामित्वमा ल्याउने बताए ।
“नक्सामा मात्रै होइन, हाम्रो भूमि व्यवहारमा कायम गरेर छोड्छौँ,’’ उनले भने ।
लिम्पियाधुरा, लिपुलेक, कालापनीसहितको भूमि समेटेर नक्सा जारी गर्दा सम्बन्ध बिग्रन्छ भन्ने सोचाइ राखेको समेत आरोप लगाए । नक्सा छाप्दा कतिपयलाई छटपटी भएको उनले बताए ।
भारतका विषयमा बोल्दा बढी बोलेर सम्बन्ध बिगार्यो भन्ने आरोप लागेको उनले सुनाए । ओलीले भारतसँग मित्रता बढाउन चाहेको पनि बताए ।



