नसुन भित्रिनै लाग्दा पनि विराटनगरमा अत्यधिक गर्मी चढेको छ, त्यही गर्मीसँगै पछिल्लो पटक महानगरपालिका बनेको विराटनगरमा चुनावी सरगर्मी पनि विस्तारै बढ्न पुगेको छ । महानगरमा स्तरोन्नति भएसँगै प्रमुख राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने र निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न क्रियाशील देखिएका छन् ।

एमाले, काँग्रेसजस्ता प्रमुख राजनीतिक दलले अहिलेसम्म उम्मेदवार टुंग्याइसकेका छैनन् ।  स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धेरै तहमा विजयी हासिल गरेको एमालेले भने महानगरको मेयरका लागि तीन जनाको नाम जिल्ला कमिटीबाट सिफारिस गरेर प्रदेश कमिटीमा पठाइसकेको छ ।

जसमा मोरङ एमालेका अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मी र संगठन विभाग प्रमुख बाबुराम कार्कीको नाम सिफारिस गरिएको छ । यी नामहरु भने विराटनगरलाई महानगरपालिकामा स्तरोन्नति गर्नुभन्दा अगाडि नै सिफारिस गरिएको हो ।

सो महानगरको मेयरको सम्भावित उम्मेदवारमा पूर्वमन्त्री लालबाबु पण्डितको नाम पनि चर्चामा आएको छ । विराटनगरलाई महानगर बनाइएको खण्डमा पण्डितलाई मेयरमा उठाउने चर्चा पहिलेदेखि नै चलेको थियो र महानगर बनेपछि पण्डितको नाम चर्चामा आएको हो ।

ढकाल र रेग्मी विद्यार्थी पृष्ठभूमि हुँदै स्थानीय राजनीतिमा होमिएका हुन् भने कार्की पुराना नेतामा गनिन्छन् । यद्यपि, महानगरको मेयर र उपमेयरको टुंगो एमालेको स्थायी समितिले लगाउने भएको हुँदा चर्चामा रहेका यिनै चारमध्ये एक मेयरको उम्मेदवार बन्ने सम्भावना रहेको बताइन्छ ।

यसैगरी, नेपाली काँग्रेसबाट भने मेयरमा अमृत अर्याल, डिला संग्रौला, भीम पराजुली, नागेश कोइराला र विश्वनाथ रिजालको नाम चर्चामा रहेको छ ।

चर्चामा रहेकामध्ये अर्याल, संग्रौला र पराजुलीको सम्भावना बढी रहेको बताइन्छ । अर्याल भने सांसद्समेत हुन् र अरुभन्दा उनी लोकप्रिय मानिने भएको हुँदा काँग्रेसले अर्याललाई नै टिकट दिने सम्भावना बढी रहेको बताइन्छ ।

राप्रपाले भने प्रल्हादप्रसाद साहलाई मेयरका रुपमा अघि सारिसकेको छ । उनी तत्कालीन राजा ज्ञानेन्द्रले नगरपालिकाको निर्वाचन गराउँदा विराटनगरको मेयर बनेका थिए ।

यसैगरी, संघीय समाजवादी फोरमले भने भूराज राई र जयराम यादवलाई उठाउने सम्भावना रहेको छ । राई ०५४ सालमा एमालेबाट सो नगरको उपमेयर भइसकेका हुन् भने यादव पूर्वसांसद हुन् ।

मोरङका सबै नगर र गाउँपालिकामा एमालेले उम्मेदवार तय गरिसके पनि विराटनगर महानगरपालिका, बेलबारी र सुन्दरदुलारी नगरपालिकाका उम्मेदवार टुंग्याउन भने बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah