काठमाडौं। काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित होटलबाट एक किलो १०० ग्राम लागुऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ राकसखोला घर भएका ४५ वर्षीय तीर्थबहादुर गोले र भोजपुरको टेम्केमैयुङ गाउँपालिका-८ लेखर्क घर भएका ३० वर्षीय प्रकाश सुयल रहेका छन्।

महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनीहरूलाई हिजो पक्राउ गरेको हो।

यस्तै, मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाट बस्ने ७३ वर्षीय प्रेमकुमार श्रेष्ठ र सोही नगरपालिका-५ परेवाखोपी बस्ने ६५ वर्षीय देवीप्रसाद सिलवाललाई करिब ९५० ग्राम गाँजासहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah