काठमाडौं– पृथ्वी जयन्तीका अवसरमा सोमबार काठमाडौंमा र्‍याली निकाल्ने क्रममा भएको झडपको प्रसंगलाई लिएर अभिनेत्री मनिषा कोइरालाले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी छिन् ।

ट्वीटरमा ट्वीट गर्दै मनिषाले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य भएको बताएकी हुन् ।

मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ।तर उस्को व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य?
पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?

मनिषाले ट्वीटरमा लेखेकी छिन्–‘मैले आशा गरेकि थिएँ कि जनताको राष्ट्रिय एकता प्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य रु पानीको फोहरा र टियर ग्यास सहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

मनिषाले आजै गरेको दोस्रो ट्वीटमा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय भएको टिप्पणी गरेकी छिन् ।

उनले लेखेकी छिन्– ‘राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्र निर्माताप्रति एक भई श्रद्धाञ्जली दिन नपाउने ? आम व्यक्तिको भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ ।’

पृथ्वी जयन्तीका अवसरमा सोमबार काठमाडौं र्‍याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबीच झडप भएको थियो ।

सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज प्रदर्शनकारी घाइते भएका छन् । ।

त्यस क्रममा र्‍यालीका सहभागीले प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । ।

हातमा राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहका ‘दिव्योपदेश’ लेखिएका तस्बिर बोकेका उनीहरूले हिन्दू राष्ट्र र राजतन्त्र स्थापनाको माग गर्दै सडकमा नाचगान समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah