नेपालको ४० औं प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसद्का ३ सय ८८ सांसदको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्रीमा चुनिएका हुन् । प्रधानमन्त्री देउवाको विपक्षमा १ सय ७० मत परेका थिए ।

व्यवस्थापिका संसद्को मंगलवार बसेको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले देउवा प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरेकी हुन् । माओवादी केन्द्र, राप्रपा, राजपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम लगायत दलका सांसदको समर्थनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष  तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गर्न प्रस्ताव राखेका थिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार लगायतले देउवालाई समर्थन गरेका थिए ।

पहिलोपटक २०५२ सालमा प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक २०५८ र तेस्रोपटक २०६१ मा प्रधानमन्त्री वनेका थिए । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने संसदमा देउवाको विपक्षमा भोट हालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah