हाकु क्षेत्रका बासिन्दालाई यातायातको पहुँच पु¥याउन त्रिशूली नदीमा बेलिब्रिज निर्माण गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ को सीमास्थित त्रिशूली नदीमा अपर त्रिशूली वान नामक जलविद्युत् आयोजनाले ४० मिटर लामो बेलिब्रिज निर्माण गरेको हो ।

भौगोेलिक रुपमा विकट रहेको हाकु क्षेत्रका बासिन्दालाई यातायातको सुविधा पु¥याउन मोटरेबल बेलिब्रिज निर्माण गरिएपछि त्यस क्षेत्रका बासिन्दा हर्ष विभोर भएका छन् । सो बेलिब्रिजको भार बहन क्षमता ४० टन रहेको बताइएको छ ।

बेलिब्रिजका लागि आवश्यक पर्ने सामान खरीद तथा जडान एवं ३०० मिटर पहुँच मार्गलगायत संरचना निर्माणका लागि रु छ करोड ८० लाख खर्च भएको उक्त आयोजनाका महाप्रबन्धक गिरीराज अधिकारीले बताउनुभयो । २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत् आयोजनाले स्थलगतरूपमा आफ्ना गतिविधि कार्यरम्भ शुरु गर्नुपूर्व नै प्रभावित क्षेत्रमा बेलिब्रिज बनाई समुदायमाझ सम्मान गरेको हो ।

नवनिर्मित बेलिब्रिजले हाकु, नेशिङ एवंं लुमराङ क्षेत्रमा बसोबास गर्ने करीब चार–पाँच सय घरपरिवारलाई सवारी साधनमा नियमित ओहोरदोहोर गर्न र आयोजनाको निर्माण सामग्री ढुवानीमा सहज पार्ने आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष निमा ढिण्डु तामाङले जानकारी दिए।

स्याफ्रु मैलुङ अन्तर्राष्ट्रिय राजमार्गबाट सहायक मार्गका रूपमा खोलिएको नौ किमी हाकु ग्रामीण सडक बाह्रै महिना चल्ने स्थानीय बासिन्दाले अपेक्षा राखेका छन् । स्थलगतरूपमा कार्यारम्भ गर्नुपूर्व नै पुल निर्माण गरी आयोजनाले गरेको योगदान हाकुवासीमाझ उल्लेखनीय रहेकोसमेत वडाध्यक्ष तामाङले बताए।

हाकुबेँसीदेखि ठूलोहाकुसम्म मोटर लान पूर्वतयारीका लागि गाउँपालिकामार्फत गत वर्ष खोलिएको ग्रामीण सडकको ट्र्याक सफा गर्ने कार्यसमेत शुरु भइसकेको वडा नं १ को कार्यालयले जनाएको छ । बेलिब्रिज निर्माण एवं मोटरबाटोको ट्र्याक खुलेसँगै पुस्तौँदेखिको उकालीओरालीमा बोक्नुपर्ने डोको–नाम्लो अब टुट्ने आशाले गाउँवासी हर्ष विभोर भएको समाजसेवी निमदर्के तामाङले बताए।

हाकुबँेसीदेखि ठूलोहाकुसम्म खोलिएका नयाँ सडकको असहज स्थानमा ग्याबिन पर्खाल लगाउने कामसमेत अगाडि बढिसकेकाले आगामी २०७८ सालको नवबिहानीमै हाकु क्षेत्रमा पहिलो मोटर गुडाउने लक्ष्य राखिएको वडाध्यक्ष तामाङले बताए।

यस्तै ठूलो हाकुदेखि नेशिङ हँुदै ग्रेगाउ बहुङडाँडाको पासाङल्हामु मार्ग जोड्ने ग्रामीण सडकसमेत निर्माण भइरहेको र स्थानीय सरकारका तर्फबाट गाउँले सडक निर्माणलाई पहिलो प्राथमिकता दिँदै आएको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah