कतिपयलाई आफ्नो अनावश्यक खर्चलाई कम गर्न नसक्दा परिवारभरि नै आर्थिक भार परिराखेको हुन्छ। कतिले बाध्यताले खर्च कम गर्न सकिराखेको हुँदैनन् भने कतिले आफ्नो खर्च गर्ने बानीलाई सुधार्न सकिराखेको हुँदैनन्।
यस्तो खर्च गर्ने बानीमा परिवर्तन गर्न सकेको खण्डमा पैसा बचत गर्न सकिन्छ। यसका लागि जे जे भए पनि आफ्नो पैसा कसरी कम खर्च गर्ने भनेर अनुशासित हुनुपर्छ। यसरी अनुशासित हुन निम्न बानीहरू बसाल्नुहोस्
आफूलाई अत्यावश्यक परेको वस्तु बजारमा खोज मेल गरेर र पैसा बुझेर मात्र किन्ने गर्नुहोस्।
यसो गर्दा अनावश्यक महँगीबाट बच्न सकिन्छ।
मोबाइल फोन प्रयोग गरेर लामो कुराकानी गर्न कम गर्नुहोस्।
यसरी फोनको बिल कम गर्न सकिन्छ।
यसका लागि शुल्क नलाग्ने इन्टरनेट एप जस्ती म्यासेन्जर, भाइबर, इमो, आदि प्रयोग गर्न सकिन्छ
बालबालिकालाई खर्च गर्ने गतिविधिहरूबाट छुटकारा गराउनुहोस्।
जस्तै अनावश्यक बाहिरी खानेकुरा किन्ने, खेलौना किन्ने, आदि
यसको साटो बच्चाहरूलाई स्वास्थ्यकर बानी बसाल्न लगाउनुहोस्।
यस्तो गर्दा बच्चाबच्ची कम बिरामी पनि पर्छन्।
कुनै वस्तु वा सेवा उपभोग गरेर छिट्टै सकिन्छ भने उक्त वस्तु तथा सेवा खरिद गर्दा ध्यान दिनुहोस्।
सकेसम्म लामो समयसम्म टिकाउ हुने र उपभोग गरिसकेपछि प्रतिफल दिने वस्तु तथा सेवा खरिद
गर्नुहोस्।



