‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’ प्रमुख नाराका साथ छैटौँ राष्ट्रिय योग दिवस–२०७७ आज यहाँ मनाइएको छ । मानिसको जीवन शैलीलाई व्यवस्थापन गर्न महत्वपूर्ण योग नियमित गर्नुपर्ने योगगुरुहरु बताउँछन् । योगले मानिसलाई निरोग मात्र नभई दीर्घजीवी पनि बनाउने योग गुरुको भनाइ छ । सम्पूर्ण ब्रह्माण्डको ऊर्जा पृथ्वीतिर केन्द्रित भएका समयमा योग गर्न सकेमा मानिसको जीवन पद्धतिमा परिवर्तन आउने र यसका माध्यमबाट धेरै कुरामा सुधार आउने बताइएको छ ।

आज यहाँ आयोजित योगाभ्यासमा सहभागी जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले निःशुल्क उपचार गर्ने पद्धति योगलाई जीवनमा उतार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ योग गर्दा मेरो शरीर फूर्तिलो भएको छ, कुनै पनि रोग लागेको छैन ।” मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले योग नियमित बनाउन सके व्यस्त जीवनलाई सहज एवं सरल बनाउन सकिनेमा जोड दिनुभयो ।

सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले व्यस्त मानिसका लागि योग निकै लाभदायी हुने बताउनुभयो । जिल्ला आयुर्वेद केन्द्र मोरङका प्रमुख नेत्रबहादुर बस्नेतले योग र आयुर्वेद आपसमा जोडिएको र योगबाट धेरै बिरामीको उपचार हुने जानकारी दिनुभयो । जिल्ला आयुर्वेद केन्द्र सुनसरीका डा मुकेशकुमार सिंहले योगले क्रोध शान्त बनाउने बताउनुभयो । योगाभ्यासमा सहभागी चन्द्रकिशोर विश्वास र विनिता रेग्मीले योग गर्दा शुरुमा अप्ठ्यारो भए पनि पछि सहज हुने र यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने अनुभव सुनाउनुभयोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah