जाडो मौसममा स्वस्थ रहनु एउटा ठूलो चुनौती हो । जाडोयाममा शरीरको आवश्यकतामा पनि परिवर्तन आउँछ । पौष्टिक तत्वको आवश्यकतामा पनि परिवर्तन आउँछ । शरीरले उसको हिसाबले पौष्टिक तत्व नपाएको खण्डमा शरीरमा पोषक तत्वको असन्तुलन हुनसक्छ जुन थुप्रै रोगको कारक तत्व बन्ने गर्छ ।

यो मौसममा हाम्रो शरीरलाई फाइबरको आवश्यकता अन्य दिनको तुलनामाभन्दा बढी हुन्छ । फाइबर हरियो पत्ता भएका सागसब्जीमा पाइने एक प्रकारको कार्बोहाइड्रेट हो । भारतकी डाइटिसियन निधी पाण्डेका अनुसार यदि तपाईं फाइबरयुक्त खानाको सेवन गरिरहनुभएको छ भने औसतभन्दा कम क्यालोरी बर्न हुनेछ । यदि शरीरमा औसतभन्दा कम क्यालोरी बर्न भइरहेको छ भने यसको अर्थ तपाईंको ऊर्जा स्टोर भइरहेको छ । जसका कारण तपाईं बढी सक्रिय रहनुहुनेछ र तपाईंको प्रतिरोधी क्षमता बलियो हुनेछ ।

फाइबर दुई प्रकारका हुन्छन्ः

फाइबरका दुई प्रकार हुन्छ, एउटा सोलुबल र अर्को इन्सोलुबल ।

१. सोलुबल फाइबर ती हुन् जसलाई हामी निकै सजिलै चपाउन सक्छन् । जस्तैः स्याउ, अम्बा इत्यादि ।

२. इन्सोलुबल फाइबर त्यो हुन्छ जसलाई हामी चपाउँछौं तर त्यसपछि पनि त्यो रेसाको रुपमा बसिरहन्छ जस्तै शख्खरखण्ड ।

– हामी खानमार्फत् दुई प्रकारको फाइबर लिन्छौं । यदि तपाईं आफ्नो खानालाई स्वस्थ बनाउन चाहन्छौं भने त्यसमा फाइबरलाई कुनै पनि हालतमा संलग्न गर्नुहोस् । धेरैजसो फाइबरयुक्त खानामा आवश्यक पौष्टिक तत्वको भरपुर मात्रा पाइन्छ । जुन हाम्रो शरीरका लागि थुप्रै अवस्थामा आवश्यक हुन्छ ।

खानामा फाइबर समावेश गर्नुका ५ फाइदाः

१. तौल घटाउन मद्दत गर्छः

हाम्रो शरीरले फाइबरलाई पचाउँदैन । यो हाम्रो आन्द्रामा लामो समयसम्म रहन्छ । यसले हाम्रो पेटलाई धेरै समयसम्म फूल राख्छ र यतिबेला हाम्रो शरीर कम क्यालोरी बर्न गर्छ । यतिबेला हामीलाई खासै धेरै भोक लाग्दैन वा आवश्यकताभन्दा बढी हामी खाँदैनौं ।

यसैकारण तौल घटाउनका लागि डाक्टर तथा डाइटिसियनले हरियो पत्तेदार सागसब्जी र सलाद खान सल्लाह दिन्छन् । तपाईं आफ्नो खानामा फाइबरयुक्त फल र सागसब्जी समावेश गर्न सक्नुहुन्छ । यसले तौल घटाउन निकै मद्दत गर्नेछ ।

२. मुटुका लागि फाइदाजनकः

यदि शरीरमा कोलेस्ट्रोलको स्तर बढी छ भने यो मुटुका लागि निकै खतरनाक हो । यसका कारण मुटुसँग जोडिएका रोग पनि निम्तिन सक्छ । फाइबरयुञ्m खाना खाँदा कोलेस्ट्रेल नियन्त्रणमा हुनेछ । शोधमा पाइए अनुसार उच्च फाइबर भएका खानालाई डाइटमा समावेश गर्दा मुटुरोगको सम्भावनालाई कम त गर्छ नै यसले मुटुलाई थप बलियो पनि बनाउँछ ।

३. रक्तचाप र सुगरका लागि प्रभावकारीः

उच्च रक्तचापको समस्या साधारण स्वास्थ्य समस्यामध्ये एक हो । यसका कारण हृदयघातको जोखिम बढ्ने गर्छ । फाइबरले भरिपूर्ण खानाले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले रक्तचाप मात्रै नभई ब्लड सुगर पनि नियन्त्रणमा राख्छ ।

४. कब्जियतको समस्या हटाउँछः

खानामा अत्यधिक फाइबर समावेश गर्दा पाचन क्रिया पनि बलियो रहन्छ । यसले कब्जियतजस्ता समस्याबाट छुटकारा दिलाउँछ । डा. निधिका अनुसार फाइबरले हाम्रो शरीरमा ब्रसको काम गर्छ । यसले शरीरको सबै टक्सिक लोडलाई कम गर्नु हो ।

५. क्यान्सरको जोखिममा कमीः

विभिन्न शोधमा सार्वजनिक भए अनुसार फाइबरलाई डाइटमा समावेश गर्दा कोलोरेक्टल क्यान्सरको खतरा कम हुनेगर्छ । फाइबरयुक्त धेरैजसो फलफूल तथा सागसब्जी एन्टिअक्सिडेन्ट र फोटोकेमिकलले भरपुर हुन्छ जसले क्यान्सरको जोखिमलाई ३० देखि ४० प्रतिशतसम्म कम गर्छ ।

फाइबरका सजिला स्रोतः

सौफ, दाल, अंजिर, जिरा, भुटेको सेतो तिल, ज्वानो, गहुँको चोकर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah