प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक तवरले संसद विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले माइतीघरमा सडकमै लम्पसार भएर बिरोध प्रदर्शन गरेको छ । मुखमा कालो मास्क लगाएका,ब्यानर र प्लेकार्ड बोकी नाराबाजी गरेका प्रदर्शनकारीहरूले बिरोध गरेका हुन् ।
नेपाली काँग्रेस निकट विद्यार्थी संघ शंकरदेव क्याम्पस ईकाई कमिटीको आयोजनामा भएको प्रदर्शनमा केन्द्रीय सदस्य तथा शंकरदेव क्याम्पसका निवर्तमान सभापति दिपक ओझा,केन्द्रीय महामन्त्री बलदेव तिमिल्सिनालगायतको उपस्थिति थियो ।
बिरोध प्रदर्शनमा लोकतन्त्र जिन्दावाद,असंवैधानिक कदम खारेज गर,नेविसंघ जिन्दावादलगायतका नारा लगाइएको थियो ।



