माओावदी केन्द्रले कृष्णबहादुर महराको नेतृत्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
बैठक स्रोतले दिएको जानकारी अनुसार बालुवाटरामा बसेको माओवादी बैठकले महरालाई उपप्रधान तथा परराष्ट्र मन्त्रीको जिम्बेवारी सम्हाल्ने भएका छन् ।
त्यसैगरी जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाहले विना विभागीय मन्त्रीका रुपमा सपथ लिने भएका छन् ।
राप्रपाले भने देउवासँग मन्त्रालय र कुन मोडालिटीमा सरकारमा सहभागी हुने भन्नेबारे छलफल हुन नपाएकाले आज सरकारमा सहभागी नहुने बताएको छ ।
राप्रपा नेता जयन्त चन्दका अनुसार देउवाले आज एकजनालाई पठाइदिनु भनेको भरमा आफूहरु सरकारमा नजाने जानकारी दिए ।



