रुपन्देही। पाँच वर्षीया बालिकालाई बलात्कार गरी कुटपिट समेत गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका-१३ बभनी बस्ने बाणगंगा नगरपालिका-१२ पटना घर भएका २८ वर्षीय होमबहादुर विक रहेका छन्। उनलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो।
ती बालिकालाई बलात्कारपछि कुटपिट गरेर घाइते बनाई छाडेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले होमबहादुरलाई पक्राउ गरेको हो।
बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं पठाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



