दमक \ प्रदेश एक अन्तर्गत झापा , मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । ति दुर्घटनामा चार जना घाइते भएका छन । १ नम्बर प्रदेश ट्राफिक प्रहरीका अनुसार मोरङको सुन्दरहरैंचा १० सुकुना पुलस्थित पुर्व पश्चिम लोक मार्गमा पुर्वबाट पश्चिम आउदै गरेको बा ८८ प ४६९६ नम्बरको मोटरसाइकललाई सोहि दिशा तर्फ आउदै गरेकोे ट्रकले पछाडीबाट ठक्कर दिदा मोटरसाइकल बेलबारी ६ का २४ बर्षिय कुमार राईको मृत्यु भएको हो । हिजो भएको घटनाका घाइते राईको उपचारका क्रममा राती साढे ११ बजे मृत्यु भएको हो । पछाडी सवार ३० बर्षिय डोल्मा राई र ११ बर्षिया सोनिया राई घाईते भएका छन ।
त्यसैगरी ईटहरी २ आँपगाछीस्थित कोशी लोकमार्गमा धरानबाट ईटहरी तर्फ जाँदै गरेको क१ख ५५२७ नम्बरको ट्रकलाई विपरित दिशा बाट आउँदै गरेको को२५प ६७१६ नम्बरको मोटरसाइकलले ठोक्काउदा मोटरसाइकल चालक धरान १० का ३० बर्षिय बिक्रम चेमजोङको मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार ३२ बर्षिया साहिल तुलाधर गम्भिर घाईते भएका छन ।
त्यसैगरी बराह क्षेत्र १ मा आफैं अनियन्त्रित भई मोटरसाइकल सडकबाट सय मिटर तल खस्दा चालक कानेपोखरी १ बिहिबारेका सनम याक्खाको मृत्यु भएको छ । गम्भिर घाईते उनको उपचारका क्रममा आज आइतबार बिहान विराटनगरमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी झापा कमल गाउपालिका ५ स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिम तर्फ आउदै गरेको बा १६ च ८१८४ न. को कारले सोही दिशा तर्फ आउदै गरेको को १५ प ६८२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक लक्ष्मण राई र उर्मिला राई घाईते भएका छन । उनीहरुको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।



