काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश रोएका बेला प्रधानमन्त्री केपी शर्मा ओली हाँसेर बसेको बताएका छन् ।
अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडांैमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिंगो देश रोएका बेला ओली हाँसेर बसेको बताएका हुन् । ‘केपी ओली मलामी जानेबेलामा हाँस्दै हिँड्नुभएको छ । जन्ती जानेबेलामा रुँदै हिँड्नुहुन्छ’, प्रचण्डको भनाइ छ । ‘देश वर्वाद भइरहेको छ । डढेलो लागेको छ । तर ओलीजी हाँसिरहनुभएको छ । नांगै भएर पनि हाँस्नुहुन्छ’, प्रचण्डले भने ।
शनिबार ओलीले आफूले जनतालाई हँसाउन खोज्दा प्रचण्ड–नेपाललाई पीर परेको भन्दै कटाक्ष गरेका थिए । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको उनले बताएपछि प्रचण्डले पनि ओलीलाई जबाफ फर्काएका हुन् ।
जोक्करै रहेछ, हसाएरै खत्तम पार्यो भन्छन् : प्रधानमन्त्री ओली
प्रचण्डले ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशका सवै जनता सो कदमको विपक्षमा रहेको भन्दै उनीसँग लागेका केही नेताहरु ‘नयाँ जोगीले खरानी धँसे’ जस्तै खरानी धँसेर चिन्नै नसक्ने अवस्थामा पुगेको भनेर ओलीतिर लागेर पूर्व माओवादी नेताहरुप्रति कटाक्ष गरे ।

उनले संविधानमाथि निर्मम प्रहार भएकाले त्यसको प्रतिवादमा उत्रनुपरेको भन्दै संविधानको हत्या भएकाले आक्रोश, आवेग उत्पन्न भएकाले जाइलाग्नुपरेको बताए ।
प्रचण्डले ओली अझै बयलगाडाकै अवस्थामा रहेको भन्दै ओली लोकतान्त्रिक हुनै नसक्ने बताए ।