झापाको कमलगाँउपालिकामा नेकपा एमालेको तर्फबाट को प्रमुख भन्ने बिबाद सुल्झेको छ । लामो संघर्ष गरेर खारिएको नेतृत्वको रुपमा स्थापित महिला नेतृत्व मेनुका काफ्ले पोखरेल नै यस गाँउपालिकाको प्रमुख निश्चित भएको बताईएको छ । उपाध्यक्षमा बेनुप्रसाद शिवाकोटीलाइ अघि बढाइएको छ ।
एकपटक यहि निर्णय सार्वजनिक भएपनि बीचमा फेरी शिवाकोटीलाइ गाँउपालिकाको प्रमुख बनाउने निर्णय भएको भन्ने सार्वजनिक भएको थियो । कार्यकर्ताहरुमा लामो समय अन्योल रहेको थियो । बिभिन्न सञ्चारमाध्यमहरुमा समेत उम्मेदवार फेरिएको बिषयमा सार्वजनिक भएका थिए ।
अहिले बिबादरहित रुपमा काफ्ले र शिवाकोटीको नाम अघि आएको जनाईएको छ । पार्टी भित्र कुनै बिबाद नरहेको र पार्टीको निर्णय बमोजिम अब अन्योलमा नपरि चुनावी प्रचार अभियानमा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिइएको एक जिल्ला सदस्यले बताए ।



