काठमाण्डाै – सरकारले कारोना भाइरसकाे महामारीका कारण अर्थतन्त्रमा परेको क्षति पूर्ति गर्न राहत र पुनर्स्थापनाका पाँच वटा रणनीति बनाएर काम गर्ने भएको छ । प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा राष्ट्रिय योजना आयोगले पाँच वटा रणनीति बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जनाएको हो ।

सङ्क्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्बन र आत्मनिर्भरता अभिवृद्धि गरी पाँच वटा रणनीति तय गरिएको आयोगले जनाएको छ ।

यी रणनीति पूरा गर्न ६ खर्ब ६५ अर्ब रुपैयाँ चाहिने भएको छ । सङ्क्रमण नियन्त्रण तथा राहतका कार्यक्रममा दुई खर्ब ६९ अर्ब, रोजगारीमा ९२ करोड ६२ लाख, आयोजना निरन्तरतामा एक खर्ब १४ अर्ब ५१ करोड, नयाँ प्रणाली विकास तथा अवलम्बनमा एक खर्ब १९ अर्ब ५६ करोड र आत्मनिर्भरता अभिवृद्धिमा ७३ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने आयोगले तयार पारेको रिपोर्टमा उल्लेख छ ।

यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति उपनाउनुपर्ने आयोगको सुझाव छ । जसमध्ये दुई खर्ब ४२ अर्ब रुपैयाँ अल्पकालीन रणनीतिमा खर्च गर्नुपर्ने, दुई खर्ब ८७ अर्ब रुपैयाँ मध्यकालीन रणनीतिमा र एक खर्ब ३५ अर्ब ७९ करोड रुपैयाँ दीर्घकालीन रणनीतिमा खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah