आउँदो आइतबार (माघ ११ देखि) सेयर कारोबारको राफसाफ तथा फर्छ्योट दुई दिनभित्रै गर्नुपर्ने भएको छ । यसअघि धितोपत्र बोर्डले दिएको निर्देशन कार्यान्वयनमा ल्याउने क्रममा सीडीएस एन्ड क्लियरिङले उक्त सूचना जारी गरेको हो ।

अब कारोबार सकिएको दुई दिनभित्र विक्रेताले सेयर र क्रेताले रकम राफसाफ तथा फर्छ्योट गरिसक्नुपर्नेछ । हाल कारोबार भएको तीन दिनभित्र ‘टी प्लस थ्री’ मा राफसाफ तथा फर्छ्योट गर्नुपर्ने व्यवस्था छ ।

‘यही माघ ११ देखि कारोबारको राफसाफ तथा फर्छ्योट यसै संशोधित विनियमावलीअनुसार कारोबार भएको दिनबाहेक दुई कार्य दिन (टी प्लस टु) मा हुने व्यवस्था गरिएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । संशोधित विनियमावलीअनुसार राफसाफ तथा फछर्योट गर्न सीडीएस एन्ड क्लियरिङले लगानीकर्ता तथा धितोपत्र ब्रोकरहरूलाई आग्रह गरेको छ ।

नयाँ व्यवस्थाअनुसार धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको धितोपत्रको राफसाफ तथा फर्छ्योटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टभित्र जारी गरिसक्नुपर्नेछ । ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट (टी प्लस वान) भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकामा बुझाउनुपर्नेछ ।

धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्रबापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउन पनि आग्रह गरिएको छ । धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको पुँजीगत लाभकर गणनाका लागि आवश्यक विवरण बिक्रीकर्ता लगानीकर्ताबाट प्राप्त गरी ‘टी प्लस टु’ को बिहान ११ बजेभित्र राफसाफ तथा फर्छ्योट प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ । धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको राफसाफ तथा फर्छ्योटका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरी कुनै विक्रेताले निर्धारित समयभित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा ‘टी प्लस टु’ को मध्याह्न १२ बजेभित्र सो बिक्रीकर्ताको बिक्री कारोबारको ‘सर्टेज मार्क’ गर्न पनि सीडीएसले भनेको छ ।

धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री तथा खरिद कारोबारको गणना गरी त्यसको नेटिङपछि हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिए ‘टी प्लस टु’ को मध्याह्न १२ बजेभित्र आफ्नो राफसाफ बैंकमा रहेको राफसाफ खातामा जम्मा गर्नुपर्छ । धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले राफसाफ भइसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा ‘टी प्लस टु’ मा राफसाफ तथा फर्छ्योट सम्पन्न भएपछि यथाशीघ्र राफसाफ तथा फर्छ्योट प्रणाली (सीएनएस) मार्फत हस्तान्तरण गर्नुपर्नेछ ।

हरेक दिन राफसाफ तथा फर्छ्योट प्रणालीमा प्राप्त निर्देशनबमोजिम राफसाफ सदस्यको पुल खाता, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खातामा आवश्यक रकम डेबिट वा क्रेडिट गरी त्यसको जानकारी प्रणालीमा प्रविष्टि गराउनुपर्नेछ । परिमार्जित चक्रअनुसार धितोपत्रको राफसाफ तथा फर्छ्योट कार्य निर्धारित समयअवधिभित्र सम्पन्न गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाले आआफ्नो दायित्व पूरा गरी राफसाफ प्रक्रिया सम्पन्न गर्न सीडीएससीले आग्रह गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah