बैतडी — बैतडीको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरी बलात्कारमा परेकी छिन् । अंकल र हजुरबुवा नाता पर्नेबाट किशोरी बलात्कारमा परेकी हुन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले बताए ।

पीडित किशोरीका आफन्तको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए । ३ महिनाअघि बलात्कारमा परेकी बालिका गर्भवती भएको थाहा भएपछि मात्र घटना बाहिर आएको हो ।

किशोरीको महिनावारी रोकिएपछि घरपरिवारले सोधपुछ गर्दा घटनाबारे थाहा भएको थियो । त्यसपछि परिवारले स्थानीय प्रहरीचौकीमा खबर गरेका थिए । किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah