नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेको छ ।सोमवार  सम्पन्न भेटवार्तामा महासंघले कर्जाको साँवा ब्याज बुझाउने अवधि तीन महिना थप गरी चैत मसान्तसम्म पुर्याउन माग गरेको छ ।कतिपय बैंक तथा वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भए बमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी मारमा परेको महासंघ अध्यक्ष शेखर गोल्छाले बताए ।यस्तै व्यवसाय निरन्तरता कर्जा विना झन्झट उपभोग गर्न पाउने व्यवस्थाका लागि केन्द्रीय बैंकले विशेष भूमिका निर्वाह गर्नुपर्ने महासंघ प्रतिनिधिमण्डलले बताएको छ । कतिपय बैंक तथा वित्तीय संस्थाले उद्यमी व्यवसायीलाई विभिन्न बहानामा कालोसूचीमा राख्ने गरेको भन्दै एकतर्फी रूपमा कालोसूचीमा नराखिदिन र लगातार दुई वर्ष घाटामा गएको ऋणीलाई ‘वाचफुल लिष्ट’मा राख्ने व्यवस्था हाललाई स्थगित गर्नसमेत भेटका अवसरमा आग्रह गरिएको छ ।

बैंकिङ क्षेत्रमा अधिक तरलता रहेको बेला तत्काल लाभ हुने क्षेत्रमा उक्त रकम प्रवाह भई पछि अर्थतन्त्रमा नै समस्या आउने गरेको सन्दर्भ उठाउँदै महासंघले उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न ल्याइएका कार्यक्रमको प्रभावकारी अनुगमन गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको छ । यस्तै अनलाइन भुक्तानीको सीमा बढाउन र आवश्यक सुरक्षाको व्यवस्था गर्नुपर्ने खाँचो महासंघले औंल्याएको छ ।भेटवार्तामा गभर्नर अधिकारीले कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोभिडबाट समस्यामा परेका उद्यमी व्यवसायीका विषयमा महासंघसँग बसेर निर्णय गरिने उनले बताए । राष्ट्र बैंकले उपलव्ध गराएका पुनर्कर्जा लगायत सुविधाका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातै प्रदेशमा सचेतनामूलक कार्यक्रम लैजाने जानकारीसमेत उनले गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah