यतिबेला जाडो मौसम छ । जाडोलाई हामी दुःखको संकेतको रुपमा पनि बुझ्छौं । यतिबेला मौसम उजाड हुन्छ । सुख्ख हावा चल्छ । वायुमण्डलको तापमान चिसिदै जान्छ । रात लामो र दिन छोटो हुन्छ । अन्नबाली, रुख बुट्यान हराभरा हुँदैन ।यो मौसमी असर हाम्रो मानसिकतामा पर्छ । शरीरमा पर्छ ।

‘जिन्दगीको कुनै ठूलो निर्णय लिने हो, तब कहिले लिनुपर्छ ?’ शीर्षकमा बिबिसीले लेखेको छ, ‘जाडो याममा मुड खराब हुन्छ । कतिपयलाई यस मौसममा एसएसडी अर्थात सीजनल अफेक्टिभ डिसअर्डर हुन्छ ।सन् १९८० को दशकमा टेलिफोनबाट अमेरिकामा एक सर्वेक्षण गरिएको थियो, जाडोको दिनमा ९२ प्रतिशत व्यक्ति एसएडीको शिकार हुन्छ ।यो आलेखमा मौसमी मुडले व्यक्तिको निर्णयक क्षमतामा प्रभाव पार्छ भनेको छ । सोही कुरामा केन्द्रित रहेर खराब मुडमा लिइने निर्णय कति सही वा गलत भन्ने कुरा विश्लेषण गरेको छ ।आलेखमा भनिएको छ, खराब मुडमा गरिने सबै कुरा खराब हुँदैन । अर्थात खराब मुडमा गरिएको निर्णयले खराब नतिजा दिन्छ भन्ने छैन ।जब हामी खराब मुडमा हुन्छौं । जब हामी डिप्रेसनग्रस्त हुन्छौं, तब हामी जोखिमलाई अरु बढी राम्ररी बुझ्छौं । किनभने खराब मुडामा हामी कुनैपनि कुराको आनन्द उठाउन सक्दैनौ । भविष्यप्रति त्यती धेरै आशावादी हुँदैनौ । यस्तो बेला गरिने निर्णयबाट धेरै अपेक्षा गरिएको हुँदैन ।

डिप्रेसनग्रस्त व्यक्ति कुनैपनि निर्णय लिइरहँदा धेरै विकल्पमाथि घोत्लिदैनन् । उनीहरु जोखिम लिँदैनन् । सुरक्षित विकल्प छनौट गर्छन् । अर्थात यस मुडमा तपाईंले कुनै निर्णय लिनुभयो भने, त्यो जोखिमरहित हुनसक्छ ।एसएडीका शिकार व्यक्ति आफ्नो वित्तिय अवस्थाका लागि जुन निर्णय लिन्छन्, त्यो धेरैजसो सही सावित हुन्छ ।

निर्णय लिने व्यक्ति यदि जोखिम कम लिन्छन् भने, यो खराब कुरा होइन ।जो व्यक्ति आशावादी हुन्छन्, दिमागी हिसाबले उनीहरु यो सोच्छन् कि नोक्सान होला कि घाटा । उनीहरु कमसल काम रोज्दैनन् । सोच्छन्, यसले भविष्य राम्रो हुनेछ ।डिप्रेसनग्रस्त व्यक्ति निराशावादी हुन्छ । उनीहरु भविष्यप्रति उस्तो आकंक्षा राख्दैनन् । अर्थात उनीहरु जोखिम मोल्न तयार हुँदैनन् ।जुन व्यक्ति आशावादी हुन्छन् । उनीहरु भविष्यका लागि पूर्ण तागत लगाएर काम पनि गर्छन् । करियरमा बढी सफल हुन्छन् । उनीहरुको सम्बन्ध बलियो हुन्छ । आशावादी व्यक्ति यो पनि सोच्छन् कि, उनलाई कुनै रोग छैन । नतिजा, उनीहरु स्वास्थ्यका हिसावले पनि तन्दुरुस्त रहन्छन् ।तर, बेलाबखत जिन्दगीमा ठूलो निर्णय लिनका लागि गर्मी मौसमको प्रतिक्षा गर्नु पनि सही हुन्छ । त्यसबेला उज्यालो दिन लामो हुन्छ । मौसम उमंगमय हुन्छ । यस्तो बेला निर्णय लिन सजिलो हुन्छ ।

हाम्रो मुड र निर्णय लिने क्षमताबीच खास तालमेल छ । यदि कुनै ठूलो निर्णय लिँदै हुनुहुन्छ भने सोच्नुहोस्, त्यो निर्णय के हो ? त्यसमा कुनै नोक्सान हुने खतरा छ ? त्यसमा सावधानी अपनाउनुपर्नेछ ? यदि त्यसो हो भने जाडोको याममै निर्णय लिन ठिक छ ।यदि अनिर्णयको शिकार हुनुहुन्छ भने मौसम खुलेको दिन पर्खनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah