https://www.youtube.com/watch?v=g7otAn71UC8&feature=youtu.be
थारु युवती कपिलबस्तुको शिवपुरी नगरपालिकामा यतिखेर धेरैको ध्यान खिचिएको छ । कारण हो त्यहाँ एक थारु २१ बर्षिया युवती उपमेयरको उम्मेदवार बनेकीछन् । नेकपा एमालेले उनलाइ उपमेयरको उम्मेदवार बनाएको हो ।
यस क्षेत्र पछाडि परेको थारु समुदायकी शिबकुमारी चौधारी (थारु)ले दिएको भाषण अहिले यहाँमात्र होइन सर्वत्र चासो बनेको छ ।
उनले थारु समुदायमा मात्र नभएर शिवपुरी बदल्ने आफ्नो योजना सुनाउदा अहिले सबै पार्टीका मतदाताहरु आश्चर्यमा पर्न थालेकाछन् । उनले पक्षमा माहोल तातेको बताइन्छ ।
उनले बोल्ने कार्यक्रमहरुमा मतदाताहरुको भिड लाग्न थालेको छ । उनलाइ बिवकशिल नेपाली दलकी रञ्जु दर्शनासंग दाँजेर समेत सामाजिक सञ्जार र सञ्चारमाध्यमहरुमा स्थान राम्रो दिइएको छ ।
https://www.youtube.com/watch?v=g7otAn71UC8&feature=youtu.be



