भद्रपुर। मेची राजमार्ग अन्तरगत झापाकाे भद्रपुर-चाराआली सडक खण्डमा टिपरकाे ठक्करबाट एक किशोरीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ निवासी १८ बर्षिया अन्सु शिवाकोटी रहेकाे प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार साे सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदलयात्री शिवाकोटीलाई ठक्कर दिएकाे थियोे ।
उनकाे टाउकोमा गम्भीर चाेट लागेकाे थियमे । साथै उनीसँग हिडेका अर्को पैदलयात्री १८ बर्षिय राहुल बस्नेत घाइते भएका छन् । उनकाे हात र खुट्टामा चोट लागेको छ । घाइते दुवैलाई उपचार लागि बिएण्डसी हस्पिटल बिर्तामोड लगिएकोमा शिवाकोटीकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय धुलाबारीले टिपरसहित चालक टिप्पर तथा टिप्पर चालक भद्रपुर नगरपालिका ९ बस्ने ३२ बर्षिय कोसुमन ओझालाई नियन्त्रणमा लिएकाे छ ।



