संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले निर्धारित मितिमै चुनाव हुने विश्वास दिलाएका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले भने, ‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ।हामी अहिले निर्वाचनको सम्मुखमा छौं । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरूका लागि पर्याप्त तयारीहरूको थालनी गरेको छ ।त्यही अनुसारको तयारी र कार्यक्रमहरू अघि बढाएको छ । निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको छ।बुधबार आयोजित साक्षात्कारमा बोल्दै उनले सरकार बन्नुअघि र बनेपछिको अवस्थाबारे यसरी सम्झिए, ‘निश्चित रूपमा जब २०७४ सालको निर्वाचनमा हामी तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा चुनावी गठबन्धन, वाम गठबन्धनको आधारमा हामी जनताको बीचमा गएका थियौं । स्थायित्वको लागि मत मागेका थियौं । पाँच वर्षका लागि जनताबाट मत पनि प्राप्त भएको थियो ।वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने म्याण्डेट जनताले दिएका थिए । सरकार बनेपछि जनताको म्याण्डेअनुसार यो सरकारले काम काम गर्दै आएको थियो । विकास र समृद्धिको अभियान अघि बढे । स्वास्थ्य क्षेत्रमा प्रत्येक पालिकास्तरमा स्वास्थ्य–सुविधा बढाउने काम भयो । प्रत्येक पालिका केन्द्रहरूमा कालोपत्रे सडक बनाउने कार्य अहिले जारी छ ।

चलिराखेको छ । भौतिक पूर्वाधारका थुपै कार्यक्रमहरू खानेपानी, विजुलीलगायत अभियानका कार्यक्रमहरू समावेशीकरण, उपेक्षित, अपांग, असहाय, एकल महिलादेखि वृद्धाहरूको सेवा सुविधाको बारेमा समेत यो सरकारले आफ्ना कार्यक्रमहरू अगाडि बढाउँदै लग्यो ।’
ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तिव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको पनि मन्त्री ठगुन्नाले सुनाए । उनले अघि थपे,‘यत्तिमात्रै होईन, यहाँहरूलाई थाहा छ–लामो समयदेखि हाम्रो देशको जुन भूमि मिचिएको थियो । हामीले औपचारिक रुपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगतमा दाबीसम्म गर्न पाएका थिएनौं । त्यसलाई औपचारिक रुपमै संसदमा प्रवेश गराएर संविधान संशोधन गरेर हामीले आफ्नो मिचिएको भूमि यो सरकारले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रो भूमि समावेश गरेर, हाम्रो नक्सा सार्वजनिक गरेर संविधान संशोधन गरेर हामीले एउटा भारतसँग द्धिपक्षीय छलफलमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो भूमिको आधिकारिक दाबी हामीले गर्याैं । त्यसलाई प्राप्त गर्ने प्रक्रिया अघि बढायौं । भारतसँग हामीले प्रष्ट रुपमा प्रधानमन्त्रीको नेतृत्वमा मिचिएको भूमि फिर्ता लिने कार्यक्रम पनि अगाडि बढ्दै जाँदाखेरि सरकारका विरुद्धमा, सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भयो ।’

उनले बलियो सरकार, स्थिर सरकार, प्रगतिशील सरकार आफ्नो सार्वभौमसत्ता रक्षा गर्नको लागि सक्षम हुने उल्लेख गर्दै वर्तमान सरकार नेपालको भौगोलिक अखण्डता रक्षा गर्न पनि सक्षम भएको सुनाए । उनले भने, ‘जनताको जनजिविकाको सवालमा पनि निर्वाद रुपमा अगाडि बढाउँदै नेपाललाई एउटा समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउने अवस्था देखेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू यो सरकारलाई कमजोर बनाउनतर्फ लागे । त्यसकै प्रतिक्रियास्वरुप जनताबाट अनुमोदित सरकारको विरुद्धमा, कुनै विवाद वा असन्तुष्टि भए पनि ती कुरा पार्टीभित्र राख्नुपर्नेमा संसदमा अविश्वासको प्रस्ताव दर्ता हुन पुग्यो । झण्डै दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिपक्षसँग मिलेर सरकार असफल गराउने खेल सुरु भएपछि, जनताको जनादेश त्यो नभएकाले र जनताले स्थिर सरकार मात्रै खोजेको हुनाले लोकतन्त्रमा सबैभन्दा ठूलो कुरा जनताको जनादेश लिनु नै ठूलो कुरा भएको हुनाले वर्तमान सरकारले निर्वाचनको घोषणा गर्यो ।’मन्त्री ठगुन्नाले वर्तमान सरकारले घोषणा गरेको निर्वाचन संविधानअनुरुप नै रहेको दाबी गरे । उनले भने, ‘समस्या खडा भएपछि जनताबाट अनुमोदित हुनु ठूलो कुरा हो ।

जनताबाट विमुख हुनु चाहिँ निरंकुशता हो । अहिले हामी निर्वाचनमा जाँदैछौं । जनताले प्रगति, समृद्धि, राष्ट्रियता र भौगोलिक अखडता, र विकास र समृद्धिको पक्षमा मतदान गर्नेछन् । निर्वाचन पछि हट्दैन् । लोकतन्त्र जनादेशबाट सुदृढ हुन्छ । सरकार निर्वाचनका लागि आवश्यक सम्पूर्ण कुराको व्यवस्थापन गर्न सक्षम छ । आगामी निर्वाचन अत्यन्त पारदर्शी र शान्तिपूर्ण ढंगले सम्पन्न हुन्छ । जनताले निर्वाद रुपमा मतदान गर्छन् । निर्वाचनमा गएर फ्रेश म्याण्डेट लिनुपर्छ । निर्वाचनको तयारीको सम्पूर्ण तयारीमा खासगरी कर्मचारीको व्यवस्थापनको सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय पूर्ण तयारीका साथ लागेको छ ।’संसद पुनःस्थापना हुने सम्भावना कत्तिको छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले त्यो सम्भावना नभएको दाबी गरे । उनले थपे, ‘संसदमा सरकार बनाउने विकल्प नभएको हुँदा संविधानअनुसार संसद पुनःस्थापना हुन सक्दैन । जनताको म्याण्डेट नेकपालाई हो। नेकपाको नेतृत्व ओलीजीले गरे । उहाँ बहुमतप्राप्त संसदीय दलको नेता हो । नेकपाले अन्यथा निर्णय नगरेकोले संसुद पुनःस्थापना हुँदैन् । संवैधानिक हिसाबले पनि निर्वाचनमा जाने कुरा उपयुक्त हो ।’

उनले नेकपामा कसले आधिकारिकता पाउँछ ? भनेर सोधिएको प्रश्नमा नेकपा नफुटेको पनि जिकिर गरे । उनले भने,‘नेकपा फुटेकै छैन् । नेकपा छँदैछ । दुइटा भएको भए पो मान्यताप्राप्त कसले पाउँछ ? भन्ने कुरा आउँछ । नेकपाको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नुभएको छ । कुनै नेता तथा कार्यकर्ताले पार्टी छोड्छु भन्नु व्यक्तिगत कुरा हो । संस्थागत रुपमा नेकपा एकीककृत नै छैन् । आधिकारिक पनि त्यही कुरा हो ।’उनले अहिले सरकारको विरुद्धमा सडकमा जानुपर्ने अवस्था नै नभएको जिकिर गरे । उनले भने, ‘जनताले जवाफ खोजिरहेका छन् । अहिले त विकास र समृद्धिको अभियान हो । अहिले राजनीतिक गतिरोध गर्नुको कुनै कारण छैन । निर्वाचन घोषणा गरियो भनेर त्यसको विरोधमा सडकमा जानु योभन्दा विडम्बना हो । सडकमा जाने कुरा गलत हो । उनीहरू मूल पार्टीमा फर्कनुपर्याे । हामीले कसैलाई पनि कारबाही गरेका छैनौं, जिम्मेवारी तलमाथि गरिएको होला । तर, कसैलाई हटाएको छैन् । निष्कासन अहिलेसम्म गरिएको छैन । आफंै कोही फुटेर जान्छन् भने त्यो उनीहरूको कुरा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah