काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रीददर ११७ रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ १६ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०३ पैसा रहेको छ ।
यसैगरी, जापानी यन १० को खरिदमूल्य ११ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य ११ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ भने चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८ रुपैयाँ १२ पैसा रहेको छ ।
साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १६ पैसा, युएई दिर्हम एकको खरिदददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३१ रुपैयाँ ८८ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९१ पैसा र बिक्रीदर २९ रुपैयाँ ०५ पैसा रहेको छ ।
त्यस्तै, साउथ कोरिया वन १०० को खरिददर १० रुपैयाँ ६० पैसा र बिक्रीदर १० रुपैयाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा, कुवेती दिनार एकको खरिदमूल्य ३८४ रुपैयाँ ६१ र बिक्रीमूल्य ३८६ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमूल्य ३०८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३१० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।




