नेपाली बजारमा आइतवार(आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ।शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिनआइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच आइतवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भएको हो ।



