इटहरी / असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका लागि उम्मेदवार छनौटमा पार्टीको केन्द्रीय समितिले गरेको निर्णय गलत भएको जनाउँदै इटहरीभरिका कांग्रेस नेता–कार्यकर्ता तथा समर्थकहरू आक्रोशित भएका छन् ।

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय काठमाडौंमा बिहीबार बसेको बैठकले इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि उद्योग वाणिज्य संघ इटहरीका पूर्वअध्यक्ष रोहित प्रसाईंलाई उठाउने निर्णय गरेको जानकारी पाउनासाथ आक्रोशित नेता तथा कार्यकर्ता वडा र जनस्तरबाट सिफारिस गरिएका लोकप्रिय युवा नेता हेमकर्ण पौडेलको निवासमा पुगेका थिए ।

हजारौंको संख्यामा पौडेलको घरमा पुगेका नेता तथा कार्यकर्ताले दिउँसोबाट साँझ साढे ७ बजेसम्म पार्टीले गलत व्यक्तिलाई मेयर पदका लागि टिकट दिएको भन्दै निर्णय सच्च्चाउन आग्रह गरे । वर्षौंदेखि पार्टी सिध्याउन लागिपरेका केही व्यक्तिको पछि लागेर पार्टीको केन्द्रीय समितिले इटहरी मेयरमा पार्टीलाई योगदानै नदिएको अलोकप्रिय व्यक्तिलाई टिकट दिएर पार्टी नै सिध्याउन लागिपरेको आक्रोशित कार्यकर्ताले आरोपसमेत लगाए । पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले जनताको चाहनाबिपरीत निर्णय गरेर जित्ने उपमहानगरमा कांग्रेसलाई हारतर्फ धकेलेको दाबी कार्यकर्ताले गरे ।
नेपाली कांग्रेसका पुराना नेता तथा किसान संघका विष्णु डाँगीले भने, ‘जसले पार्टीलाई १८÷२० वर्षदेखि कुनै योगदान नै गरेको छैन, जसको पक्षमा कार्यकर्ता नै छैनन्, जसले इटहरी क्षेत्रमा पार्टीभित्र लागिपरेर निरन्तर संगठनलाई दह्रो बनाउन कुनै भूमिकै खेलेको छैन, त्यस्ता व्यक्तिलाई टिकट दिएर पार्टी सक्ने काम पार्टी केन्द्रले ग¥यो ।’

उनले केन्द्रीय समितिले गरेको गलत निर्णय तत्काल नसच्याए पूर्वको इटहरीबाट कांग्रेसभित्र ठूलो विद्रोह हुने र यसले नेपालभरि नै असर पर्ने बताए । विद्रोहले पार्टीलाई ठूलो नोक्सान पुग्ने डाँगीको भनाइ छ । उनले पार्टीको केन्द्रीय समिति पैसामा बिक्नुका साथै प्रतिपक्षी दलका नेताहरूसँग नराम्र्रो साँठगाँठ गरेको भन्ने सूचना मेयर पदको निर्णयले पुष्टि गरिदिएको दाबी गरे ।
इटहरी उपमहानगरको हकमा हेमकर्ण पौडेललाई मेयर पदमा टिकट दिँदा पार्टीले सहजै जित हासिल गर्ने वातावरण बनिरहरेका बेला पार्टीको केन्द्रीय समितिले गरेको गलत निर्णयले पार्टीका कार्यकर्ता मात्र नभई पौडेललाई मतदान गर्ने मनस्थिति बनाएका अन्य पार्टीका कार्यकर्ता तथा नेताहरू पनि निराश भएको नेपाली कांग्रेसका युवा नेता ज्योति कोइरालाले बताए ।

उनले पार्टीले निर्णय नसच्च्चाए पार्टीभित्र ठूलो विद्रोह हुने र यसबाटहुने क्षतिको जिम्मा पार्टीको केन्द्रीय समितिले लिनुपर्ने बताए । आक्रोशित कार्यकर्ता–नेता र समर्थकहरूले पौडेल निवासमा करिब ५ घण्टासम्म पौडेलको पक्षमा र पार्टीको निर्णयविरुद्ध नाराबाजी गरेका थिए । ३ हजारभन्दा बढीको संख्यामा भेला भएका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूले पार्टीले निर्णय नसच्च्चाए घर–घरमा टाँगिएका चारतारे र रुख चिह्न भएका झण्डाहरू निकाल्ने चेतवानी दिए । उनीहरूले रोहित प्रसाईंका पक्षमा नहिँड्ने र मतदान गर्नसमेत नजाने बताए । उनीहरूले जमना जफत हुने नेताको पछाडि नकुद्ने घोषणा पनि गरे ।
इटहरीका २० वटै वडाबाट मेयर पदका लागि हेमकर्ण पौडेलको नाम सिफारिस भएको तर एक÷दुई वडाबाट मात्र सिफारिस गरिएका अलोकप्रिय नेता रोहित प्रसाईंको पक्षमा नाममा निर्णय गरेर पार्टी सभापति देउवाले पार्टी सक्ने काम गरेको इटहरी–३ का युवा नेता सूर्यमणि निरौलाले बताए । उनले भने, ‘इटहरीको मेयर पदको उम्मेदवार निर्णयले यत्रो वर्ष पार्टीमा योगदान गर्नेको मूल्यांकन नहुने पुष्टि गरेकाले अब पार्टी भनेर हिँड्नुको कुनै अर्थ छैन ।” उनले रोहित प्रसाईं मत माग्न आफ्नो वडातर्फ आए लखेट्ने बताए ।

इटहरी मेयरमा रोहित प्रसाईंलाई छनौट गरेको सुन्नासाथ इटहरीका २० वटै वडामा चुनावी प्रचारमा सक्रियताका साथ खटिरहेका वडाध्यक्षलगायत उम्मेदवार र कार्यकर्ताहरूले सबै कार्यक्रम रद्ध गरी पार्टीका इटहरी नगर सभापतिसमेत रहेका पौडेलको निवासमा भेला भएका थिए । साँझसम्म पौडेलको निवासमा कार्यकर्ता र नेताहरू आउने लर्को लागिरहेको थियो । सयौं सवारी साधन उनको घरअगाडि र मुख्य राजमार्गमा लाम लाग्नुका साथै भीड बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनु परेको थियो ।
बिहीबार साँझबाटै सडक जामसम्मको आन्दोलन गर्ने निर्णयमा पुगेका आक्रोशित कार्यकर्तालाई आफ्नै निवासअगाडि पौडेलले सम्बोधन गरी पार्टीभित्र सिन्डिकेट हाबी भएको र त्यसको मारमा आफू परेको बताए । उनले पार्टीको केन्द्रीय समितिको निर्णयले आफू मात्र नभई इटहरीका सारा पार्टी कार्याकर्ता–नेता तथा समर्थकहरू निराश भएको बताए । उनले समय भएर पार्टी जोगाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । उनले पार्टीको केन्द्रीय समितिले निर्णय सच्च्चाउने आसमा आफू रहेको बताए ।

नेपाली कांग्रेस इटहरी उपमहानगर समितिका अनुसार आज (शुक्रबार) पार्टी कार्यालय इटहरीमा २० वटै वडाका वडाध्यक्ष, सदस्यलगायत नगर समितिका नेताहरू, पुराना नेताहरू र सक्रिय कार्यकर्ताहरूसहितको आकस्मिक बैठक बसेर केन्द्रीय समितिको निर्णयविरुद्ध कसरी अगाडि बढ्ने भन्ने निर्णय गरिने छ । पार्टी स्रोतका अनुसार इटहरीको २० वटै वडाबाट वडा अध्यक्षहरूले रोहित प्रसाईंको नेतृत्वमा चुनाव लड्न नसक्ने जनाउँदै राजीनामा दिने तयारी गरेका छन् ।
यसैबीच, सामाजिक सन्जालहरूमा पनि इटहरीको मेयर पदका लागि रोहित प्रसाईंलाई उम्मेदवारी दिने पार्टीको केन्द्रीय समितिले गलत निर्णय गरेको भन्दै निर्णयको आलोचना र पौडेलको समर्थनमा स्टाटसहरू लेखिएका छन् । रोहित प्रसाईंको नाम टुङ्गो लगाएको फेसबुकमार्फत जानकारी पाएकाहरू हेमकर्ण पौडेलले टिकट नपाए कांग्रेसले इटहरीमा सय प्रतिशत हार खाने र रोहित प्रसाईं नै भए मतदान नगर्नेलगायत कमेन्टहरू गरिएका छन् । (पूर्वी बजार बाट साभार )

https://youtu.be/4_hC-4-nc2Y

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah